गठबन्धन सरकार सफल नभए आन्दाेलनका उपलब्धिहरु खतरामा पर्ने उप प्रधान एवम गृह मन्त्री श्रेष्ठकाे भनाइ

1.6k Shares

दुर्गा कुमारी अधिकारी
अहिलेकाे गठबन्धन सरकार सफल नभए आन्दाेलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा बढ्नुका साथै देश प्रतिगमन तर्फजाने खतरा हुने  नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायण काजी  श्रेष्ठले बताए । सर्लाहीका प्रथम सहिद ईन्द्र काेईराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा सर्लाही आएका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन ।
उनले अहिले पनि दलित लगायत निमुखा वर्गहरुले विभेदपुर्ण व्यावहारकाे सामना गर्नु परिरहेकाे समेत बताए । जुनयुद्दबाट प्राप्त उपलब्धिलाई कार्यन्वयन गर्ने  चरणमा अहिलेकाे सरकार लागि परेकाे बताउदै संक्रमणकालीन न्यान,सबै प्रकारका विभेद अन्याय,अत्यचार र उत्पीडित वर्गकाे मुक्तिकाे लागि भएको  आन्दाेलनका उपलब्धिहरुलाई भुल्न नहुने समेत गृह मन्त्री श्रेष्ठले बताए ।
उनले अहिलेकाे गठबन्धन सरकार राष्ट्रियता,भ्रष्टाचार र विभेदका समस्याहरु समाधान गर्न निर्मम भएर लागि परेकाे बताए ।
स्व. काेईराला परिवारलाई आवास हस्तान्तरण सहित नेकपा(माओवादी केन्द्र) निटक नेपाल दलित मुक्ति माेर्चा मधेश प्रदेशकाे प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएका गृह मन्त्री श्रेष्ठले देशमा पटक पटक भएका शसस्त्र द्वन्दबाट प्राप्त उपलब्धिलाई विश्व विद्यालय सम्झिदै अगाडि बढ्नुकाे विकल्प नरहेकाे समेत बताए ।ठुलाे बलिदान र संर्घसबाट प्राप्त भएको जनताकाेल संविधान माथिकाे संकट हटाउन नसक्ने हाे भने देशमा फेरि  निरंकुशता लादिने सम्भावना बढ्ने पनि बताए ।
अहिलेकाे सरकारकाे काम शान्ति प्रक्रियाकाे बाकी काम पूरा गरेर संक्रमण कालिन न्यायकाे काम पूरा भए पछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक आर्थिक रुपान्तरणका कामहरु गर्नै पर्ने गृह मन्त्री श्रेष्ठले बताए ।उनले याे प्रतिकुल परिस्थितिकाे गठबन्धन सरकार भएकोले माओवादी केन्द्रले चाहँदैनमा मात्र जनताका सबै माग पूरा गर्न सक्ने अवस्था नरहेकाे समेत बताए ।
उनले भ्रष्टाचारमा शुन्य सहनसिलता,शान्ति सुरक्षा कायम गराउने(जनतालाई  स्वतन्त्र रुपमा जीवन जिउन सक्ने बनाउने),महिला हिंसा,जातिय विभेद अन्त्य गर्ने,अपराध ठगि,गुण्डगर्दि,मिटर व्याजी विरुद्धको बृहत् अभियान बनाएर लाग्ने लगायतका काममा आफ्नाे ध्यान केन्द्रीत भएको मन्त्री श्रेष्ठले बताए ।

फरक प्रसंगमा उनले पार्टीलाई सुदृढीकरण गरेर,पार्टी भित्रका आन्तरिक समस्याहरुलाई समाधान गरेर संगठनलाई पुन संगठित गरेर अगाडि बढ्नु पर्ने अवस्था आएकाे समेत बताए ।

सम्बन्धित समाचार