उप प्रधान एवम गृह मन्त्री श्रेष्ठद्धारा शहिद परिवारको आवाश हस्तान्तरण

1.9k Shares

शंखर पहाडी(गौरब)
नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सर्लाही कै पहिलो शहिद परिवारको आवाश हस्तान्तरण गरेका छन् । नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका १२ मा निर्माण भएको शहिद इन्द्र कोईराला परिवारको आवाश आज हस्तान्तरण गरेका हुन ।
जिल्लाको बागमती नगरपालिका १२ का स्व.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा आवाश निर्माण भएको थियो । २०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो । दुई छोरा र दुई छोरी रहेका स्व.कोईराला परिवारलाई बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले आवाश निर्माण गरि दिएको स्व.कोईराला आवाश निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए । उनका अनुसार आवाश निर्माणको काम सकिएको केही समय भएको र आज नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले हस्तान्तरण गरेका हुन ।
बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको भए पनि विगत केही महिना पहिला भवन निर्माण सम्पन्न भएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुको अथक प्रयासमा निर्माण सामाग्री एवम आर्थिक संकलन गरेर आवाश निर्माणको काम भएको हो ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माण भएको बागतमी नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् । शहिद परिवारको आवाश माओवादी केन्द्रका वरिष्ठ उपा अध्यक्ष एवम नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले आज एक कार्यक्रमका वीच हस्तान्तरण गरेका नगर उप प्रमुख मोक्तानले बताइन् ।
आवाश निर्माणका लागि करिब रु १७ लाख अनुमानीत रकम खर्च लागेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्माण सामाग्रीहरु सहयोग मागेर भएपनि निर्माण कार्यमा खटिएका मजदुरहरुका लागि दिएको पारिश्रमिक करिब रु १७ लाख खर्च भएको हो ।

सम्बन्धित समाचार