ठुलो मात्रामा लागु औषध सहित लालबन्दी ११ का महतो पक्राउ

1.7k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको मलंगवा नगरपालिका ९ बाट प्रहरीले ठुलो मात्रामा लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।मलंगवा नगरपालिका ९ बाट बा ५३ प ९७९८ नम्बरको मोटरसाईकल सहित लालबन्दी नगरपालिका ११ का अन्दाजी वर्ष २९ का कृष्ण कुमार महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए । 
उनका अनुसार मलंगवा नगरपालिका ९ को राजदेवी मन्दीरको बाटोमा चेकजाँचको क्रममा भाग्न खोजेपछि प्रहरीले घेराहाली नियन्त्रणमा लिँदा महतोको साथबाट लागु औषध कोडिवेल एक सय ५७ बोतल र पाँच सय ७६ ट्याब्लेट नाइट्राभेट बरामद् भएको हो ।
ठुलो मात्रामा लागु औषध सहित नियन्त्रणमा लिईएका महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर आवश्यक अनुसनधान सुरु गरिएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए । महतोले प्रयोग गरेको बा ५३ प ९७९८ नम्बरको मोटरसाईकल चोरीको रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

सम्बन्धित समाचार