दुर्गा कुमारी अधिकारी
सर्लाहीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएका छन् । जिल्लको कविलासी नगरपालिका र हरिपुर्वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन भएका हुन ।हरिपूर्वा नगरपालिकामा पछिल्लो समय आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको र कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाको सरुवा भएपछि दुई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन भएका हुन ।
हरिपुर्वाका प्रमुद प्रशासकीय अधिकृत वसन्त न्यौपाने राजनीतिक दववाका कारण अन्यन्त्र सरुवा हुनु भएपछि आउनु भएका प्रमुख प्रशासकीय अधिकृत यादवको पनि राजनीतिक दवावका कारण हाजिर भएकै दिन सरुवा भएपछि जिल्लाका २० वटा स्थानीय तहहरु मध्य दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गतेको पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको थियो । शाखा अधिकृत यादवलाई फेरि सोही स्थानमा यथावत् रहने गरी गत आइतबार परिपत्र पठाइएको हरिपुर्वा नगरपालिकाले जनाएको छ । जिल्लाका दुई स्थानीय तह विगत करिब दुई महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहीन हुँदा विकास निर्माण र प्रशासनिक काम ठप्प भएको छ ।
एक महिना धाएर यादवलाई हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साहले बताउनु भयो ।तर, विभिन्न राजनीतिक दलका नेताहरुका कारण प्रमुख प्रशासकीय अधिकृत यादवको तीन दिनमै सरुवा भएको नगर प्रमुख साहको आरोप छ । अल्पमतमा रहनु भएका नगर प्रमुख साह नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको हो भने भने कविलासीमा पनि नगर कार्यापालिकामा नगर प्रमुख ब्रम्हदेव रायको बुहमत छैन् । जसका कारण नगरका विकास निर्माणका काम ठप्प छन् । साना साना कुरामा पनि राजनीतिक कारण सहमती नहुँदा विकास निर्माणका काम हुन नसकेका जनप्रतिनिधिहरुको गुनासो छ ।