हरिवन १ की आगलागी पीडित मानिषालाई राहत सामग्री प्राप्त

1.3k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका १ कैलाशपुरीका आगलागी पीडितलाई विभिन्न सामग्रीहरु सहयोग प्राप्त भएको छ । हरिवन नगरपालिका १ मा बुधबार भएको आगलागीबाट घर तथा त्यस भित्र रहेका सम्पुर्ण जिन्सी समान जलेर नष्ट भएका मनिषा श्रेष्ठलाई हरिवन सेवा समाज सर्लाहीले विभिन्न राहत सामग्री सहयोग गरेको हरिवन सेवा समाजका अध्यक्ष भरत कुमार कार्मीले जानकारी दिए ।


उनका अनुसार श्रेष्ठ परिवारलाइ बागमती सेवा समाजले हरिवन नगरपालिका १ का वडा अध्यक्ष टम बहादुर घिसिङ,स्थानीय समाजसेवी सुकदेव कार्की,यम बहादुर भुजेल,मनु आलेको विशेष उपस्थितिमा तत्कालको व्यवस्थापनको लागी विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था निकै कमजोर रहेको तीन सन्तानकी आमा मनिषा एकल महिला हुन । उनका श्रीमानको तीन वर्ष पहिला नै रुखबाट खसेर मृत्युु भएको हरिवन नगरपालिका १ का वडा अध्यक्ष घिसिङले बताए । उनका अनुसार हरिवन सेवा समाजले राहत स्वरुप त्रिपाल दुई थान,मण्डी दुई  थान,प्लास्टिकको चट्टाइ दुई थान,झुल दुई थान,नाइलनको डोरि दुई थान, सोलार वति एक थान र चामल दुई बोरा सहयोग गरेको हो ।
हरिवन सेवा समाजले विभिन्न समयमा समस्यामा परेका पीडितहरुलाई राहत सहयोग गर्दै आएको छ । गैर सरकारी संस्थाले समेत राहत पुर्याई सकेको अवस्थामा पनि हरिवन नगरपालिका नगर भित्रका आगलागी पीडित मानिषाको घरमा समेत नपुगेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार