दुर्गा कुमारी अधिकारी
सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु दुई लाख ७० हजार सहित एकजनालाई नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु दुई लाख ७० हजार सहित भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना सोनवर्षा ग्राम पञ्चायत ५ बस्ने अन्दाजी वर्ष २२ का कालु पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट अवैध रुपले नगद लिएर नेपाल ल्याउँदै गर्दा स्रोत नखुलेको रु दुई लाख ७० हजार मलंगवा नगरपालिका ८ स्थित भन्सार क्षेत्रबाट पासवानलाई नियन्त्रणमा लिईएको हो । स्रोत नखुलेको रकम सहित पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।