सर्लाही ईश्वरपुर नगरपालिका ८ बयलवास बस्ने अन्दाजी ४० वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाकाे कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियारकाे शव २०७० असोज २९ गते बिहान फेला परेको थियाे ।
साे घटनाको अनुसन्धान गर्ने क्रममा ईश्वरपुर नगरपालिका ८ बयलवासका चौधरी संलग्नता रहेकाे खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका ८ बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टाेलीले चाैधरीलाई पक्राउ गरेको हो । उनलाई थप कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौया सिरहामा बुझाइएको छ ।