सर्लाहीको हरिपुर नगरपालिका ८ स्थित जुटपानीमा स्कुल बसले किचेर एक बालकको ज्यान गएको छ ।नवलपुर मलंगवा सडक खण्ड अन्र्तगत हरिपुर नगरपालिका ८ जुटापानीमा लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको ना २ क ११० नम्वरको बसले किचेर एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको ना २ क ११० नम्वरको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका ८ घरभई लालबन्दी नगरपालिका २ मा बस्ने वीरेन्द्र पासवानका अन्दाजी ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको हो ।
मंगलबार अपरान्ह करिब साँढे ४ बजे जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको दुर्घटनामा गम्भीर घाइते भएका बालक आदित्यलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ ।दुर्घटना पछि स्थानीयले केही समय दुर्घटनापछि स्थानीय वासिन्दाले जुटपानी स्थित नवलपुर मलंगवा सडक खण्ड अवरुद्ध पारेका थिए ।