जिप्रका महोतरीका थुनुवाका लागि हिरासतमा पुस्तकालय स्थापना

2.1k Shares


जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा रहेका थुनुवाका लागि पुस्तकालय स्थापना गरिएको छ ।थुनुवाहरुको आचरण,व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) जनक भट्टराईले उद्घाटन गरेका हुन् ।गत साउनमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरी वीच  पुस्तकालय स्थापना गर्ने सम्झौता भए अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापना उदघाटन गर्दै पुस्तकालयले थुनुवाको आचरण तथा बानी ब्यहोरामा परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेल्ने डिआइजी भट्टराइले विश्वास व्यक्त गरे ।
 

सम्बन्धित समाचार