गाउँका चोक चौतारामा पनि भाउ नपाएपछि डा.सिंहको फण्डा,सभापति सिंह परिवारलाई बदनाम गराउने खेल

2.3k Shares

सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहको राजनीतिक संस्कार ह्रास भईरहेको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आरोप लगाएका छन् ।२०७४ सालको निर्वाचनमा डा. सिंहको चुनाव प्रचार प्रसारमा प्रयोग भएको सवारी साधनको फोटो समाजिक सञ्जालमा प्रयोग भएपछि नेपाली काँग्रेसका नेताकार्याकर्ताहरुले सांसद डा.सिंहको राजनीतिक संस्कार ह्रास भईरहेको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आरोप लगाएका हुन ।
२०७४ सालको निर्वाचनको क्रममा डा.सिंहले नै चुनाव प्रचार प्रसारमा प्रयोग गरेका सवारी साधनमा रहेका उनकै फोटो र स्टिकरको विषयमा  डा.सिंहले समाजिक संजालमा राखेर पोष्ट गरेका थिए । तर त्यसको केही समयमै चौतर्फी आलोचना हुन थालेपछि उक्त फोटो हटाएर गएको निर्वाचनमा माछा छाप भएको गाडीको फोटो राख्ने कार्य गर्ने व्यक्ति राजनीतिक चरित्रको हुन नसक्ने भन्दै डा.सिंहको राजनीतिक संस्कार ह्रास भईरहेको नेपाली कांग्रेस मधेश प्रदेश सुचना संचार प्रचार प्रसार विभागका सदस्य सचिव निकेश त्रिपाठीले बताए । उनले भने डा.सिंहको यस प्रकारको हर्कतका कारण सर्लाही क्षेत्र नम्वर ४ का मतदाताको समेत शिर निहुँएको छ ।
डा. सिंहको प्रचार बाजीको स्टन्ट यति हद सम्म तल पनि झर्न सक्छ भन्ने कसैले कल्पना समेत गर्न नसकेको बताउँदै सदस्य सचिव त्रिपाठीले मंगलबारको एक घटनाले उनमा राजनीतिक संस्कार ह्रास भईरहेको महसुस गर्न सकिने बताए ।मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको स्वकीय सचिव समेत रहेका सदस्य सचिव त्रिपाठीले राजनीतिक द्धन्दको कारण नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको छोरा सुधिर सिंह सहितका केही युवाहरुले मंगलबार विहान १० बजे काठमाडौं जाने क्रममा नयाँ रोड–मधुबनी सडक खण्डको सेखौनामा कारले आफू चढेको स्कारपिओलाई ठक्कर दिई बाटोमा रोकेर गाली गलौज गरेको र आफूलाई डिएसपीले जोगाएर स्कर्टिङ गरेर पठाएको कुरा सरासर निराधार रहेको उनले उल्लेखगरे ।
एक हप्ता देखि आफ्नो निर्वाचन क्षेत्रमा घुम्दा कसैले केही भनेन् तर काठमाडौं फर्किने क्रममा प्रहरी स्कर्टिङमा गइरहेको समयमा सानो कारले स्कारपिओलाई ठक्कर दियो, गाली गलौज र धाकधम्की दियो भनेर नाबालिक बालकहरुको नाम उल्लेख गरेर समाजिक संजालमा पोष्ट गर्ने माननिय जस्तो पदको व्यक्ति त्यसमा जनताको प्रतिनिधित्व गर्ने साँसदले सिंगो सर्लाही क्षेत्र नम्बर ४ का जनताहरुलाई अपमान डा.सिंहले गरेको कार्य सुहाउदो नभएको सदस्य सचिव त्रिपाठीले बताए । सरकारले खोसेको सुरक्षाकर्मी फेरी पाउनको लागि र गलत स्टन्टबाजी गरेर चर्चामा आउनको लागि डा.सिंहले कपोकल्पित स्टन्ट मात्रै गरेको सदस्य सचिव त्रिपाठीले बताए ।
उनले भने पहिला सांसद डा. सिंह गाउं आउँदा राजालाई झैं तामझाम हुन्थ्यो । अहिले पार्टी छाडेर स्वतन्त्रबाट निर्वाचित भएपछि भेट्न आउने मानिस नभएर चोक चौतारामा कहाँ मानिसहरु बसेका छन् त्यहाँ पुगेर केही समय कुरा गरेर हिड्नु पर्ने बाध्यताका साथै नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह परिवारलाई बदनाम गराउने खेल मात्रै भएको सदस्य सचिव त्रिपाठीले बताए ।

सम्बन्धित समाचार