सर्लाहीको हरिपुर नगरपालिका ८ स्थित जुटपानीमा स्कुल बसले किचेर ज्यान गएका बालकका परिवारले शव बुझ्न सहमत भएका छन् ।इलाका प्रहरी कार्यालय हरिपुरमा बुधबार भएको छलफल पछि पिडितलाई कानुन बमोजिम क्षेतीपुर्ती दिलाउने सहमती भएपछि पीडित परिवार शवलाई पोष्ट मार्टम गर्न सहमत भएका इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
नवलपुर मलंगवा सडक खण्ड अन्र्तगत हरिपुर नगरपालिका ८ जुटापानीमा लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको ना २ क ११० नम्वरको बसले किचेर मंगलबार हरिपुर नगरपालिका ८ घरभई लालबन्दी नगरपालिका २ मा बस्ने वीरेन्द्र पासवानका अन्दाजी ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको थियो ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको ना २ क ११० नम्वरको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत पासवानलाई ठक्कर दिई मृत्यु भएको थियो ।
मंगलबार अपरान्ह करिब साँढे ४ बजे जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको दुर्घटनामा गम्भीर घाइते भएका बालक आदित्यलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ ।दुर्घटना पछि स्थानीयले केही समय दुर्घटनापछि स्थानीय वासिन्दाले पटक पटक जुटपानी स्थित नवलपुर मलंगवा सडक खण्ड अवरुद्ध पारि राखेका थिए ।सहमती पछि बर्दिवासमा रहेको शव ल्याउने र पोष्ट मार्टम गर्ने साथै अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।