सर्लाहीको रामनगर गाउँपालिका ६,स्थित सिसौटमा मोटरसाइकलले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ७ बजे बरहथवाबाट गडहीयातर्फ गइरहेको बा ९१ प ४२६९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार गोडैता नगरपालिका ४ का अन्दाजी ४५ वर्षीय अमिर खाँ हजारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार हजारीलाई तत्कालै प्रादेशिक अस्पताल सर्लाहीमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा प्रादेशिक अस्पताल कलैया, बारामा चेकजाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकलका चालक फरार रहेका छन् भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।