मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ६ जना प्रतिवादीहरु पुर्वपक्षका लागि कारागार चलान

1.8k Shares

मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ६ जना प्रतिवादीहरुलाई जिल्ला अदालत सर्लाहीले पुर्वपक्षका लागि कारागार चलान गरेको छ । सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनले कात्तिक २ गते नियन्त्रणमा लिइएका ३ भारतिय र ३ नेपाली गरी ६ जना मानव बेचबिखन तथा ओसार पसार मुद्दाका प्रतिवादीहरुलाई जिल्ला अदालत सर्लाहीले पुर्वपक्षका लागि सिन्धुली कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार मानव बेचबिखन तथा ओसार–पसार मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका भारतिय नागरिक आरिफ महमद,फरमान र मुजिवर्हमान तथा नेपाली नागरिक मिलन श्रेष्ठ,घनश्याम कुर्मी(अनिल) र  कान्छा बहादुर नेपाली(दमाई कान्छा)समेत गरी ६ जनालाई अनुसन्धान पश्चात जिल्ला अदालत सर्लाहीको आदेशले कारागार कार्यालय सिन्धुली पठाईएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत सर्लाहीमा मंसिर ८ गते पेश भएका प्रतिवादीहरु मध्य घनश्याम कुर्मी(अनिल)लाई रु १ लाख ५० हजार धरौटीमा छाड्न आदेश भएको भएपनि उनले पनि धरौटी वापतको रकम बुझाउन नसकेपछि ६ जनालाई नै पुर्वपक्षका लागि कारागार कार्यालय सिन्धुली पठाईएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार