बागमतीले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने

2.1k Shares

सर्लाहीको बागमती नगरपालिकाले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने भएको छ ।बागमती पालिकाबाट पशु कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा काउम्याट वितरण गर्न लागिएकाले व्यवसायिक फर्मले निवेदन वा प्रस्ताव पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ ।बागमती नगरपालिकाले एक सूचना जारी गर्दै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता तथा नविकरण भएको व्यवसायिक पशु फर्मलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले जानकारी दिए ।
उनका अनुसार घरेलु कार्यालयमा दर्ता भई नविकरण भएको,गत आर्थिक वर्षको व्यावसाय कर भुक्ता गरेको फर्मले पुष १५ गते सम्म नगरपालिकामा आफुलाई आवश्यक पर्ने काउ म्याट संख्या सहित निवेदन दिन सूचना जारी गरेको हो ।नगरपालिकाले बागमती नगरपालिका ११ स्थित रहेको पशु सेवा शाखा,कर्मैया, बागमती नगरपालिका ६ स्थित रहेको पशु सेवा शाखा, खाल्टेमा नियमानुसार निवेदन पेश गर्न नगरपालिका भित्रका व्यवसायिक फर्महरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार