सिँचाई,मलखाद् र कीराको प्रकोपले सर्लाहीमा धान उत्पादन घट्यो

1.7k Shares

आकासे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।मलखाद,विषादी,पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार पानी नपरेको र जसका कारण धान उत्पादनमा कमी आएको भन्दै जिल्लाका किसानहरु चिन्तित छन् । यो वर्ष कम वर्षा र रोग, कीराको प्रकोपले धान उत्पादन घटेको लालबन्दी नगरपालिका ३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गरे । उनका अनुसार गतवर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेकामा यस वर्ष धान राम्रो फलेन ।यो वर्ष मेहनत र लगानी अनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताए ।
छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै रु १० हजार खर्च भयो तर धान लगानी अनुसार नफलेको चन्द्रनगर गाउँपालिका ३, का किसान अनिरुद्र साहले गुनासो गर्नुभयो ।उहाँका अनुसार यो वर्ष आकासे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो । छ कठ्ठामा रु १० हजारको त पानी मात्रै पटाएँ तर त्यस बराबरको पनि धान फलेको छैन ।”उनले भने,पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताउनु भयो ।“जे जति कृषि उत्पादन गरेका छौँ,त्यो सबै किसानहरु कै बलबुताबाट भएको हो,”उनले बताए । सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानहरुको भनाई छ ।जिल्लाका किसानहरु अहिले धान भित्र्याउन व्यस्त छन् ।प्रत्येक फाँटका किसानहरु धान काट्ने,बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त रहेका छन् ।
जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन धान उत्पादन गर्न पनि समस्या परेको किसानहरुले बताएका छन् ।कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाई सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भएपनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए । उनका अनुसार गतवर्ष भन्दा धान खेती केही बढेपनि उत्पादन भने घटेको छ । 
“पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा धानको उत्पादन घटेको छ ।”केन्द्र प्रमुख रायले बताए ।“केही क्षेत्रमा रोग,कीराको प्रकोप पनि देखिएको छ ।कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । आवश्यकता अनुसार आकासे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी पटाएका छन् ।दमकलबाट सिँचाई गर्दा प्रतिघण्टा रु तीन सय तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्छ ।धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार