सर्लाहीको हरिवन मिलगेट उखु उत्पादक समितिको अध्यक्षतामा राजकुमार उप्रेती चयन भएका छन् ।हरिवनमा सोमबार भएको वार्षिक साधारण सभा तथा अधिवेशनबाट उप्रेतीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।समितिको उपाध्यक्षमा नरेश महत,सचिवमा मुखचन्द्र महतो,सहसचिवमा नेत्रसिंह बानियाँ र कोषाध्यक्षमा सुरेश भट्टराई चयन भएका छन् ।
सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको साधारण सभा एवम अधिवेशनमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का निवर्तमान प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती,नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्त,नेपाली कांग्रेसका नेता विनोद कार्की र नेकपा(एमाले)का नेता विदुर कुमार प्याकुरेललगायतको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।