जवान साहलाई गोली हान्ने असई यादव निलम्बीत,प्रख्यात घुमुवा सहायक हबल्दार राम अयोध्याको पावरले काम दिएन्

2k Shares

महोतरीको प्रहरी चौकी मरुवाहीका प्रमुख असई बच्चा यादव निलम्बनमा परेका छन् । छठमा घुमुवाबाट उठाइएको रकम भागवण्डा गर्न  सिपाहीले माग गरेपछि उत्पन्न विवादलाई लिएर कार्तिक ३० गते राति करिब ११ बजे सिपाहीलाई गोली हानेर पक्राउ परेका असई यादव निलम्बनमा परेका जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।
उनका अनुसार कार्तिक ३० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय महोतरीले गत बिहीबार मात्रै घटनाको बारेमा जानकारी पाएको थियो ।त्यस लगतै जिल्ला प्रहरी कार्यालय महोतरीको नियन्त्रणमा रहेका असई यादव निलम्बीत भएका हुन ।कार्तिक ३० गते राति करिब ११ बजे  प्रहरी चौकी मरुवाहीका प्रमुख असइ यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए ।उनले “बढ्ता बोलिस भने गोली हानेर मारिदिन्छु’ भन्दा जवान साहले”यो कुरा म डिआइजी र एसपी सावलाई भनिदिन्छु’ भनेपछि असइ यादवले आक्रोसमा आएर गोली हान्दा जवान साहको पाखुरामा गोलि लागेको थियो । जवान साहले “गोली हान्न सक्ने भए हान्नू”भन्दा असइ यादवले आफ्नै पेस्तोलबाट गोली हान्दा जवान साहले छल्दा पाखुरामा गोली लागेको प्रहरी स्रोतको भनाई छ ।
प्रहरी जवान साहलाई पाखुरामा गोली हानेर घाइते बनाएपछि असइ यादवले घटना लुकाउन भारतको सीतामढी पुर्याएका थिए । सीतामढीमा उपचार हुँदा प्रहरी जवान साहले घरमा खबर पनि गर्न पाएनन् ।उनी अलि निको भएपछि “यो कुरा कसैलाई नभन्नु,खर्च दिउँला” भनेर त्रास देखाएपछि प्रहरी जवान साहले“कतै भन्दिनँ परिवारमा खबर गरिदिनू” भनेपछि जवान साहका दाइलाई असइ यादवले बोलाएका थिए ।यो सबै काममा असइ यादवका भाइ जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दार राम अयोध्या यादवले दाइको अपराध लुकाउन सहयोग गरेका प्रहरी स्रोतको दावी छ ।
प्रहरी जवान साहका दाइ सीतामढी अस्पताल पुगेर केही पैसाको प्रलोभनमा घटना लुकाउने भनेपछि उनीहरुले सिरहाको कुनै अस्पतालमा  प्रहरी जवान साहलाई लगेका थिए भने त्यहाँबाट यो घटना मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआइजी जनक भट्टराई र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लसम्म पुगेपछि असइ यादवलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएकोमा पछि उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
यता,असइ यादवलाई कारबाहीबाट जोगाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दार राम अयोध्या शक्तिकेन्द्र समेत धाएका थिए ।तर उनको केही चलेन् ।संयोग नेपाल प्रहरीका प्रहरी प्रमुख आईजिपी वसन्त बहादुर कुँवर विदेश भ्रमणका रहेका कारण जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दार राम अयोध्या तत्कालका लागि कार्बाही हुनबाट जोगिएका समेत प्रहरी स्रोतको भनाई छ ।
को हुन सहायक हबल्दार राम अयोध्या ?
२०७७ जेठमा रौतहटको भन्सार सुरक्षा गार्ड चौकीमा कार्यरत हुँदा डिउटीमा रहेका जवानले समातेको छोक्डा घुमुवा सहायक हवल्दार राम अयोध्या आफैले तस्करको घरमा पुर्याएपछि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआईजी धिरज प्रताप सिंहको निर्देशनमा जिल्ला तानी प्रहरी रेकर्डमा जानिने गरि नसिहत(कार्वाही)खाएका थिए ।कार्वाही खाएको १ महिना नबित्दै सोर्सफोर्स लगाएर ईलाका प्रहरी कार्यालय गरुडाको घुमुवा भएर बसेर त्यहा पनि अबैध असुली गरि आतंक नै मचाएका सहायक हबल्दार राम अयोध्या जागिर प्रवेश गरे देखि अहिले सम्म जहाँ गए पनि हाकिमलाई खुशी पारेर चाप्लुसी गरेर होस या शक्तिकेन्द्रमा भनसुन गराएर या टेण्डर हालेर होस घुमुवा बस्न सफल भएका छन् ।
बारा घर भएका घुमुवा सहायक हवल्दार राम अयोध्या घुमुवा बसेर अबैध असुलीबाट धेरै धनसम्पती आर्जन गर्न सफल भएका असुली धन्धामा प्रहरी संगठन भित्रका माहिर खेलाडीका रुपमा कहलिएका छन् । कार्बाही पर्ने सम्भावना भएपछि जुन सुकै कसम खानपनि पछि नपर्ने घुमुवा सहायक हबल्दार राम अयोध्याले जिल्ला प्रहरी कार्यालय सर्लाहीका आफु भन्दा धेरै माथिका प्रहरी अधिकारीहरुलाई खरिद गरेका छन् । 
उनले जिल्ला प्रहरी कार्यालय सर्लाही नै चलाउने गरेका प्रहरी कर्माचारीहरु नै बताउँछन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालको घुमुवाको रुपमा रहेका सहायक हबल्दार राम अयोध्याले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारु,प्रहरी निरिक्षक ओम प्रकाश यादव,सई अरुण यादव र असई मुन्ना पासवानलाई आर्थिक प्रभावमा पारेर घुमुवा बसी ठुलो रकम असुल्ने समेत पाइएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिताललाई गुम्राहमा पारेर प्रहरी नायव उपरिक्षक पंजियार,प्रहरी निरिक्षक यादव,सई यादव र असई पासवानलाई आर्थिक प्रभावमा पारेर जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हबल्दार राम अयोध्याले लुट मच्याएका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हबल्दार राम अयोध्याले कमिसन दिने ठुला व्यापारीहरुलाई सहजता प्रदान गरेका र साना व्यापारी तथा घरायसी कामकाजका लागि केही सामान ल्याउँने सर्वसाधारण मानिसहरुलाई अनावश्यक दुःख दिने गरेका स्थानीयको गुनासो छ ।आफुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालको घुमुवा भएको उद्घोष गरेका सहायक हबल्दार राम अयोध्याले नेपाल प्रहरी मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआईजी भट्टाराई र नेपाल प्रहरीका प्रहरी प्रमुख आईजिपी कुँवरको चोरी तस्करी र भन्सार छली शुन्य पार्ने निर्देशनलाई लत्याएका छन् ।
नेपाल प्रहरी प्रमुख आईजिपी कुँवर र मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी भट्टराईले तस्करी रोक्न पटक पटक गरेको आदेश लत्याउदै आफु जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालको खास मान्छे भएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हबल्दार राम अयोध्याले तस्करीको लाईन खुलाएर ठुलो रकम असुल गरिरहेका भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिताल समेत मौन देखिएका छन् ।
जसका कारण प्रहरी संगठन नै बद्नाम हुन थालेको छ ।असई पासवानलाई अपराध शाखाको प्रमुख बनाएर सई यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हबल्दार रामअयोध्याले मासिक करिब रु २५ लाख कमिसन असुल्ने गरेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।उनका अनुसार प्रहरी नायव उपरिक्षक पंजियार,प्रहरी निरिक्षक यादव,सई यादव र असई पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हबल्दार राम अयोध्याले खरिद विक्रि नै गरेका पाइएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दा राम अयोध्याले जिल्लाका कपडा,चिनी,हार्डवेयर,छोहडा र मोटर कारोबारी,सुर्तीजन्य पदार्थको कारोबारी,तेलको कारोबारी लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको कारोबार गर्ने व्यापारीहरुसंगबाट गरी मासिक करिब २५ लाख कमिसन असुल्ने गरेका पाइएको छ ।
तरपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालले प्रहरी संगठन बद्नाम गराउने प्रहरी कर्माचारीहरुलाई कार्वाही गर्नुको साटो बिवादित र बदनाम घुमुवा प्रहरी सहायक हवल्दार राम अयोध्यालाई संरक्षण दिइरहेका प्रहरी स्रोतको दाबी छ ।जसका कारण घुमुवा सहायक हवल्दार राम अयोध्याको असुली धन्दा सिमा नाघ्न थालेको एक व्यवसायीले बताए ।
उनले कमिसन असुल्ने र पछि प्रदेश तथा केन्द्रका प्रहरी कर्माचारीहरु आएर सामान समाते भन्दै बाहना बनाउँदै दोहोरो भुमिका खेल्ने गरेका समेत व्यापारीहरुको गुनासो छ ।तस्कर व्यापारीहरुसँग प्रहरी उपरिक्षक धितालको नाममा ठुलो रकम बुझेर लाईन पनि दिने पैसा पनि लिने र त्यही समान पक्राउ पनि गरेर दोहरो भुमिका खेल्ने गरेको व्यापारीहरुको भनाई छ ।तथापी पनि उनी एक उद्धाहरण मात्र हुन नेपाल प्रहरी संगठन बद्नाम गाउने पात्रहरु धेरै छन् जसको कारण प्रहरी संगठनप्रति जनमानसमा वितृष्णा बढ्दै गएको छ । 

सम्बन्धित समाचार