पर्साको वीरगन्ज नाकाबाट चाइनिज लाइटरको अवैध निकासी एवम तस्करी बढेको पाइएको छ।भारतीय कपडाको अवैध आयातलाई प्रश्रय दिएका तस्कर समुहले अहिले चाइनिज लाइटरको अवैध निकासी एवम तस्करीलाई थप बढावा दिएका पाइएको हो ।भारत सरकारले चाइनिज लाइटरको आयातमा प्रतिबन्ध लगाए पछि अहिले वीरगन्ज नाकाबाट सज्जन अग्रवाल नामका व्यापारीले चाइनिज लाइटरको अवैध निकासी एवम तस्करी गरेका पाइएको छ ।
भारतको विहार,हरिसिद्धि घर भै वीरन्जमा बस्दै आएका व्यापारी अग्रवाल र अर्का व्यापारी मनिष बावरी मिलेर चाईनिज लाइटर तस्करी गर्ने गरेका पाइएको छ ।सिमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई आर्थिक प्रभावमा पारेर अग्रवाल र बावरिले दैनिक करोडौं मुल्य बराबरको चाइनिज लाइटर भारत तर्फ पठाउने गरेको श्रोतको दाबी छ । भारत हसिद्धि घर भए पनि नेपाली नागरिकता लिन सफल व्यापारी अग्रवालको लाइटर तस्करी अहिले चरम उत्कर्षमा पुगेको छ ।सिमा सुरक्षा गर्न भन्दै सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्माचारीहरु र अपराध अनुसन्धानमा नाम कहलिएको नेपाल प्रहरी कमिसनमा डुब्दा खुल्ला सिमानाकाको फाईदा तस्करहरु र व्यापारीहरुले लुडि रहेका छन् ।जसका कारण नेपाली राजश्व संकलन र अर्थतन्त्रमा ठुलो असर परेको जानकारहरु बताउँछन् ।