सर्लाहीको बरहथवा नगरपालिका ८ स्थित टाँडीमा भएको मोटरसाईल दुर्घटनामा ४ जना घाईते भएका छन् । बरहथवा नगरपालिका ८ टाँडी स्थित गर्जाहा टोलबाट बरहथवा तर्फ आउदै गरेको बा ४३ प ५०२७ नम्बरको मोटरसाईकल र बरहथवाबाट हिरापुर तर्फ जादै गरेको ना ४४ प १६३४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ ४ जना घाईते भएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बुधबार साँझ अन्दाजी ६ बजे बरहथवा नगरपालिका ८ टाँडी स्थित गर्जाहा टोलबाट बरहथवा तर्फ आउदै गरेका २ मोटरसाईकल एक आपसमा ठोक्किदा ना ४४ प १६३४ नम्बरको मोटरसाईकलका चालक बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष २५ का मनोज महतो,सोही मोटरसाईकलमा पछाडी सवार भारतको बिहार सितामढी मेजरगंज मलाही टोल १ बस्ने अन्दाजी बर्ष २७ का राकेश कुमार महतो र बा ४३ प ५०२७ नम्बरको मोटरसाईकलका चालक रौतहटको गढिमाई नगरपालिका ५ बालुवा बस्ने अन्दाजी बर्ष २० का राम बिश्वास राम र सोही स्थान बस्ने अन्दाजी वर्ष २३ का राजेन्द्र राम घाईते भएका छन् ।
मोटरसाईकल दुर्घटनामा घाईते भएका ४ मध्य रौतहटको गढिमाई नगरपालिका ५ बालुवा बस्ने अन्दाजी बर्ष २३ का रामको अनुहार र शरिरका विभिन्न भागहरुमा चोट लागेका कारण उनको स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पछि थप उपचारको लागि बाहिरि पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा संग्लन्ग दुवै मोटरसाईकल ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेका छन् ।