बागमती ३ को जनकल्याण आ.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृति वितरण

1.9k Shares

सर्लाहीको बागमती नगरपालिका ३ स्थित रहेको श्री जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको छ ।बागमती नगरपालिका ३ स्थित रहेको श्री जनकल्याण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्राहरु,दलित तथा शारिरीक रूपमा असक्त विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमार यादवले जानकारी दए ।
उनका अनुसार छात्रावृति वितरण कार्यक्रममा बाग्मती नगरपालिका ३ का वडा अध्यक्ष तिलक बहादुर मोक्तान,विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु र यस विद्यालयका प्रधाानध्यापक यादवका साथै शिक्षक विद्यार्थीहरु र अभिभावकहरुको उपस्थितिमा छात्रावृति वितरण गरिएको हो । विद्यार्थीहरुको मनोवल बढाउनुका साथै विपन्न परिवारका विद्यार्थीहरुलाई कापिकलम किन्न सहजता होस भनेर छात्रावृति विरण गरिएको बागमती नगरपालिका ३ का वडा अध्यक्ष मोक्तानले बताए ।

सम्बन्धित समाचार