सर्लाहीको लालबन्दी नगर वनङ्मष परिषद्ले‘पुरस्कार अर्पण,पुस्तक विमोचन तथा अभिनन्दन गरेकाे छ । परिषद्ले सर्जक रामलाल जोशीको ‘बाआमा’ नामक कथासंग्रहलाई राष्ट्रिय साहित्य पुरस्कार स्वारुप रु ५० हजार प्रदान गरिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।उनका अनुसार स्थानीय प्रतिभा पुरस्कार लेखक तथा खोजकर्ता `देवराज पौडेल´ ले प्राप्त गर्नुभएको छ । परिषद्ले गतवर्षबाट सुरु गरेको यो कार्यक्रममा सम्मानित पौडेलद्वारा लिखित सर्लाहीका एक जिउँदो इतिहास ‘वासुदेवशरण कोइरालाका नौ दशक’ नामक कृतिको समेत विमोचन गरिएको हाे ।
कार्यक्रममा मदन पुरस्कारबाट सम्मानित तथा लालबन्दी नगर वाङ्मय परिषद्को २०७९ को राष्ट्रिय पुरस्कारबाट पुरस्कृत डा. नवराज लम्साल र चर्चित रेडियो कार्यक्रम "बुलबुल"का प्रस्ताेता अच्युत घिमिरे"बुलबुल"समेतको उपस्थिति रहेकाे आयाेजकले जनाएको छ । कार्यक्रममा परिषद्का अध्यक्ष अधिकारी, साहित्यकार डा. राजेन्द्र विमल,मधेश प्रज्ञा प्रतिष्ठानका कुलपति रामभराेस कापर,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी लगायत जिल्लाका साहित्य स्रष्टा लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।