सर्लाहीको बलरा नगरपालिका ३ ओकास स्थित बोडर ईलाकाबाट सशस्त्र प्रहरीले रु दुई लाख भन्दा बढीकाे सुन चाँदीका गरगहना बरामद् गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपी) छताैनाबाट खटिएको सशस्त्र प्रहरीको टाेलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको अवस्थामा सुन र चाँदीका गरहगना अन्दाजी मूल्य रु दुई लाख तीन हजार एक सय ५८ बराबरकाे बरामद् गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार सुन १४ दशमलव ८४ ग्राम र चाँदी एक किलाे ६४ दशमलव ९६ ग्रामका साथै सुन चाँदी ताैलिने मेसिन गरि अन्दाजी रु दुई लाख तीन हजार एक सय ५८ बराबरकाे रहेकाे छ ।
खुल्ला सिमानाकाे फाईदा उठाउँदै ससमा क्षेत्रबाट हुने तस्करीलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी निकै सक्रियताका साथ लागेकाे छ ।