लालबन्दीका नीजि स्वास्थ्य संस्थाहरु प्रेस्क्रिप्सन बिनै औषधी बेच्दै

2k Shares

सर्लाहीको लालबन्दी सहितका बजारहरुमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले प्रेस्क्रिप्सन बिना नै औषधी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।औषधी व्यवस्था विभागको नियमित निरीक्षण हुन नसके पनि लालबन्दी नगरपालिकाले गरेको अनुगमनको क्रममा प्रेस्क्रिप्सन बिना औषधी विक्री वितरण भएको पाइएको हो ।बजारमा प्रेस्क्रिप्सन बिना नै औषधी बिक्री वितरण भएको पाइएपछि लालबन्दी नगरपालिकाले नगर भित्रका ६२ वटा नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन समेत गरेको थियो तर अनुगमनको प्रभाव नदेखिएको पाइएको हो ।राजनितिक आग्रह,पुर्वाग्रह र चिनजानका कारण लालबन्दी नगरपालिका भित्रका औषधी पसलहरुको अनुगमन प्रभावकारी नभएको पाइएको स्थानीय जानकारहरु बताउँछन् ।
औषधी ऐन २०३५ को दफा १७  को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधी चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने औषधी व्यवस्था विभागका  महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।प्रति जैविक औषधीहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधीहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधीले काम नगरेको अवस्था रहेको उनले बताए । उनले औषधी ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने बताए । औषधी खरिद गर्नु पूर्व चिकित्सकहरुको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै महानिर्देशक ढकालले औषधीको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरेका छन्।उनले औषधी पसलबाट मात्र औषधीको खरिद गर्न आग्रह समेत गरेका छन् ।यता,लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक मुमताज मिक्रानीले अनुगमनमा भेटिएका समस्या,कमिकमजोरीहरु र वर्तमान अवस्थाका बारेमा प्रतिवेदन तयार हुँदै गरेको बताए ।उनले अहिले प्रतिवेदन तयार हुँदै छ त्यसपछि नगर प्रमुख समक्ष पेश गर्ने र कार्यापालिकाको निर्णय अनुसार आफुहरु अघि बढ्ने तयारी भएको बताए ।

सम्बन्धित समाचार