नापी कार्यालय हरिवन आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु

1.9k Shares

सर्लाहीको हरिवन स्थित रहेको नापी कार्यालयले आज(आईतबार)देखि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।हरिवन नगरपालिका ९ स्थित नोचामा भूमि सुधार तथा मालपोत कार्यालयसँगै निर्माण भएको नापी कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको कार्यालय प्रमुख छत्रबहादुर लुंगेलीले जानकारी दिए । 
उनका अनुसार नापी कार्यालयको सेवा नागरिक मैत्री बनाउन भन्दै निर्माण भएको सुविधा सम्पन्न भवन केही समय पहिला निर्माण भएको थियो ।यसअघि हरिवन नगरपालिका ११ स्थित इलाका प्रशासन कार्यालयको नजिकै रहेको  भाडाको घरबाट सेवा प्रवाह गरि रहेको नापी कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा सरेको हो । 
भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा आवश्यक कोठाहरुको अभाव हुँदा नागरिक मैत्री सेवा प्रवाह गर्न नसकेको र अब आफ्नै भवनबाट सेवा प्रवाह गर्दा नागरिक मैत्री सेवा प्रवाहमा थप सहज हुने कार्यालय प्रमुख लुंगेलीले बताए । 

सम्बन्धित समाचार