सर्लाहीको चन्द्रनगर गाउँपालिकाका २० वटा सरकारी कार्यालयहरुले विगत छ वर्षदेखि विद्युत् मिटर नै नराखी कार्य सम्पादन गरिरहेका छन् । बाँकी रहेको कार्यालयमा विद्युत् भए पनि बिजुली महसुल नतिरेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको छ ।२० कार्यालयहरू मध्ये अधिकांश सरकारी विद्यालय रहेको र ती सबै विद्यालय तथा अन्य सरकारी कार्यालयहरूले छ वर्षदेखि हुकिङ गरी कार्यालय सञ्चालन गरि रहेका चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न खोज्दा यस्तो तथ्य बाहिरिएको हो ।डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न विद्यालयका प्रधानाध्यपकहरुले बिद्युत् सुविधा विद्यालयमा नभएको कारण देखाई डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न आनाकानी गरेपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत छ वर्ष भन्दा बढी समयदेखि विद्युत् चुहावट गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । उनका अनुसार विद्युत् मिटर नभएका २० वटा सरकारी कार्यालयहरू मध्ये १७ वटा विद्यालयहरु र बाँकी तीन वटा अन्य सरकारी कार्यालयहरु रहेको बताइएको छन् ।
विद्यालयमा डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न जानु भन्दा अगाडी विद्यालयमा गरिएको अनुगमनको क्रममा गाउँपालिका भित्रका करिब सबै सामुदायिक विद्यालयहरूमा विद्युत् सञ्चालनमा रहेको,पखां चली रहेको,धरै जसो विद्यालयमा इन्टरनेट चलेको र कम्प्युटर सञ्चालनमा रहेको पाइएको गाउँपालिकाले जनाएको छ तर डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न जाँदा विधुत सञ्चालनमा न रहेको कारण देखाई केही विद्यालयका प्रधानाध्यापकहरुले डिजिटल हाजिरी (ई हाजिरी) जडान गर्न अटेर गरेका गाउँपालिका अध्यक्ष महतोले बताए ।
गाउँपालिका भित्रका १५ वटा सरकारी कार्यालयहरूले विद्युत् जडान गरे पनि बिल भुक्तानी नगरेका पाइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका कार्यालय प्रमुख उमेश प्रसाद यादवले जानकारी दिए । उनका अनुसार चन्द्रनगर गाउँपालिकाका सरकारी कार्यालयबाटै विद्युत् चुहावट भइरहेको जानकारी गाउँपालिकाले पाएसँगै गाउँपालिकाले हुकिङ गर्न बन्द गराएको छ ।चन्द्रनगर गाउँपालिकाले विद्युत् चुहावट रहित पालिका बनाउने अभियान सञ्चालन गरिरहेको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताइन् उनका अनुसार गाउँपालिकाले २० वटा सरकारी सकिएको छ भने गाउँपालिका भित्रका किसानहरुका लागि गाउँपालिकाले कृषि मिटर समेत उपलब्ध गराइरहेका छ ।
विद्युत् मिटर बिनै सञ्चालनमा रहेका विद्यालय तथा अन्य सरकारी कार्यालयहरूमा छिटै मिटर जडान गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष महतोले बताए ।उनका अनुसार विद्युत् मिटर बिना कार्यालय सञ्चालन गरि रहेका विद्यालयका प्रधानाध्यापकहरु र कार्यालय प्रमुखलाई विधुत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराई सकेको छ ।
मिटर आवेदन फारम भरेर गाउँपालिकामा बुझाई सकेका विद्यालयहरूको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण वितरण केन्द्र मलंगवामा बुझाउने व्यवस्था मिलाएको छ ।यसअघिका जनप्रतिनिधिहरूले सरकारी कार्यालयमै भइरहेको विद्युत् चुहावट रोक्ने कुनै प्रयास गरेको नदेखिए पनि आफूले यो समस्या छिट्टै समाधान गर्ने गाउँपालिका अध्यक्ष महतोले बताए ।