सरकारले गरेका राम्रो काम देख्न नसकेर विरोधीले विरोध गरेर केही फरक पर्दैन् : माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड

2.8k Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”ले कोही कसैले विरोध गर्दैमा आफुलाई कुनै फरक नपर्ने बताएका छन् ।मधेश प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण र “जनतासंग माओवादी रुपान्तरण”विशेष तीन महिने अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्न महोतरीको गौसला आएका माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले आफुले नेतृत्व गरेको पार्टीले गरेका काम जनपक्षिय भएकाले विरोधीहरुले विरोध गरेर कुनै फरक नपर्ने बताएका हुन ।


उनले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले गरेका कामले देशि विदेशी विरोधहीहरु आतंकित भएका समेत बताए । उनले प्रचण्ड अब अन्र्तराष्ट्रिय नेता भई सकेको समेत बताए ।विरोधीहरुले स्वीकार गरे नगरेपनि प्रचण्ड अब अन्र्तराष्ट्रिय चर्चाको नेता भई सकेको बताएका हुन ।कुनै विरोधीहरुलाई यो कुरा मन नपरेपनि प्रचण्ड नेपालको लागि मात्रै नभई अन्र्तराष्ट्रिय स्तरमै चर्चाको नेता भएको बताए ।उनले आफु भारत तथा चिनी गएको बेलामा प्रचण्डले अब केके गर्छ  भन्ने हल्ला चलाउने गरेका भएपनि अहिलेको गठबन्धनको सरकार पुरा कार्यकाल टिक्ने र कसैले सडक वा सदनमा दंग्याएको भरमा ढली नहाल्ने समेत बताए ।
त्यस्तै उनले माओवादी केन्द्रको पछिल्लो गतिविधि देखेर जनताले गर्व गर्न थालेका समेत बताए ।उनले जनतामा उत्सुकता रहेकाले “जनतासंग माओवादी रुपान्तरण”विशेष तीन महिने अभियान सञ्चालन गरिएको र यसले माओवादी केन्द्रलाई राम्रो रक्त सञ्चार भएको आफुले महसुस गरेको समेत बताए ।कार्यकर्ता रुपान्तरित भएमात्र संघिय लोकतान्त्रिक गणतन्त्र सबल हुने साथै आगामि निर्वाचन २०८४ मा माओवादी नेपालको पहिलो पार्टी हुने समेत बताए । उनले २०८४ को निर्वाचनमा माओवादी केन्द्रले कुनै पार्टीसंग पनि गठबन्धन नगर्ने समेत बताए । २०७९ को निर्वाचनमा गठबन्धन गर्दा माओवादी केन्द्रलाई भन्दा अन्य पार्टीहरुलाई फाइदा भएकोले २०८४ को निर्वाचनमा माओवादी केन्द्र एक्लै फिल्डमा लड्न तयार रहेको समेत बताए  तर कुनै पार्टी गठबन्धन गर्न आए त्यतिबेलै के गर्ने भन्ने सोचिने समेत बताए ।
साथै उनले मधेश प्रदेशमा माओवादी केन्द्रका नेता,कार्यकर्ता र जनताहरु भएपनि निर्वाचनमा आएको परिणम सन्तोषजनक नभएको समेत बताए ।उनले कुनै गुटगत अब पार्टीको लागि स्वीकार नहुने र अहिलेको जनमानस,नेता र कार्यकर्ताहरुको राजनीतिक व्यावस्थापन तथा संरक्षण गर्दा नै मधेश प्रदेशबाट माओवादी केन्द्र निर्णायक बन्ने समेत बताए ।२०७९ को निर्वाचनमा माओवादी केन्द्र दोस्रो ठुलो पार्टी बननु पर्नेमा अन्तरघात र अन्तरद्धन्द्ध रहेकाले माओवादी केन्द्र तेस्रो पार्टी हुनु परेको समेत बताए ।
उनले नेपाल समाजवादी पार्टी(नेसपा) र नेत्रविक्रम चन्द(विप्लव)संग एकता कार्यदल बनाएर चाँडै एकता गरिने र समाजवादी मोर्चालाई पनि कमसेकम कार्यगत एकता गर्दै लैजाने विषयमा माओवादी केन्द्र सकारात्मक भएको समेत बताए ।उनले “मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको बिगुल माओवादी केन्द्रले फुकेको र यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि माओवादी केन्द्रले नै गर्नुपर्छ । त्यसकारण स्वार्थभन्दा माथि उठेर काम गनु पर्ने बताए ।” 
“माओवादी केन्द्रमाथि मुलुकको बृहत् कार्यभार छ,माओवादी केन्द्रले आफ्नो चरित्र बिगार्नु हुँदैन,गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ”,माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले भने,“त्यही सच्चिन,रुपान्तरित हुनु अभियानको अभीष्ट हो ।’’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उनको अपिल छ ।अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरीरहेको समेत माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको बताए । माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले १ सय ३० अर्बको एनसेल सात अर्बमा बिक्री गर्न नमिल्ने बताए ।“बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैनन् । बेच्दैमा सरकारले मान्नुपर्छ भन्ने छैन,नियमकानुन केही नमान्नेमाथी सरकार निर्मम भएर लाग्छ’,माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले भने,उनले ”अध्ययन नगरी अघि नबढ्न निर्देशन दिएको समेत बताए । साथै उनले “जनतासंग माओवादी रुपान्तरण”विशेष तीन महिने अभियानका गतिविधिहरु सकिएपछि विधान सममेलन गर्ने र फेरी अर्काे अभियान लिएर जनताको माझमा आउने समेत बताए ।माओवादी केन्द्र मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य,प्रदेश समितिका पदाधिकारी तथा सदस्य,रुपान्तरण अभियानका जिल्ला संयोजक,पार्टीका विभिन्न जनवर्गिय संगठनका जिल्ल अध्यक्षह लगायत सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार