तामाङ पत्रकार संघ सर्लाहीले २० औँ स्थापना दिवस मनायो

2.3k Shares

श्याम लामा,बागमती  तामाङ पत्रकार संघ सर्लाहीले आफ्नो २० औं स्थापना दिवस मनाइएको छ ।आज(बिहीबार) बागमती नगरपालिका १२ मा शुभकामना आदान प्रदान गर्दै तामाङ पत्रकार संघ सर्लाहीले आफ्नो २० औं स्थापना दिवस मनाएको तामाङ पत्रकार संघ सर्लाही शाखाका अध्यक्ष चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।
तामाङ पत्रकार संघ सर्लाहीले तामाङ समुदायको हकहितका लागि काम गरिरहेको बागमती नगरपालिकाकी उप प्रमुख एवम कार्यक्रमकी प्रमुख अतिथि लिला कुमारी मोक्तानले बताईन् । उनले तामाङ समुदायबाट पत्रकारीता क्षेत्रमा उपस्थित न्यून रहेको भन्दै थप मलजल गर्न आवश्यक रहेको साथै आगामी दिनमा तामाङ पत्रकार संघ र पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी तामाङ पत्रकार संघका केन्द्रिय सदस्य राजु लो तामाङले बताए ।उनका अनुसार कार्यक्रमका वक्ताहरुले तामाङ पत्रकारहरुको समुह कमजोर भएकै कारण तामाङ समुदायका समस्याहरु निकै कम बाहिर आउने गरेको बताए । 
संघले हाल नेपालमा २२ वटा जिल्ला र बागमती र कोशी प्रदेशका साथै दक्षिण कोरियामा प्रवास शाखा विस्तार गरिसकेको नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामाले बताए ।कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य जयमान पाख्रिन,प्रदेश अध्यक्ष यमलाल गोले,जिल्ला अध्यक्ष बुद्ध लामा,बागमती नगर घेदुङका अध्यक्ष जय गोले लगायतको विशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार