इश्वरपुर १४ मा जंगली हात्तीले दुई घर भत्कायो,अन्नपातमा समेत क्षती

2.2k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १४ स्थित विश्वकर्मा बजारको नजिक रहेका दुई वटा घरमा  जंगली हात्तीले क्षती पुर्याएको छ ।ईश्वरपुर नगरपालिका १४ स्थित विश्वकर्मा बजार नजिकका स्थानीय लालबाबु ठाकुर र भोला महतोको दुईवटा घरमा जंगली हात्तीले क्षति पुर्याएको इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महतोले जानकारी दिए ।उनका अनुसार विगत केही दिनदेखि नजिकैको जंगलमा देखा परेका हात्ती बस्तीमा पसेर दुई वटा घरमा क्षति पुर्याउनुका साथै पाँच क्विन्टल चामल,दुई कठ्ठाको उखु र दुई कठ्ठाको गहुँमा क्षती पुर्याएको हो ।
विपन्न परिवारका ठाकुर र महतोको घरको घेरावेरा जंगली हात्तीले भत्काइ दिएपछि जाडो सुरु भएसंगै उनीहरु समस्यामा परेका छन् । हात्ती आतंकले गाउँले समेत त्रसित बनेका वडा अध्यक्ष महतोले जानकारी दिए ।सागरनाथ वन विकास परियोजनाको जंगल नजिकै पर्ने ईश्वरपुर नगरपालिका १३ र १४ मा वर्षेनि जंगली हात्ती आएर घर भत्काइदिने,घरभित्र राखिएको अन्नपात खाइदिने र किसानहरुले आफ्नो खेतमा लगाएको अन्नबाली नष्ट गर्ने गरेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार