भन्सार छलीको सामान सहित भारतिय बोलेरो सर्लाही प्रहरीको नियन्त्रणमा

2.3k Shares

सर्लाहीको पर्सा गाउँपालिका ६ स्थित पर्साबाट नारायणपुर  तर्फ जाने हुलाकी सडक खण्डबाट भन्सार छलीको सामान सहित एउटा भारतिय नम्बरको बोलेरो सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सा गाउँपालिका ६ स्थित पर्साबाट नारायणपुर तर्फ जाने हुलाकी सडक खण्डबाट भन्सार छलीको सामान सहित ओआर १ जे २४९२ नम्बरको भारतिय बोलेरो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जिार थारुले जानकारी दिए ।
उनका अनुसार पर्सा गाउँपालिका ६ स्थित पर्साबाट नारायणपुर तर्फ जाने हुलाकी सडक खण्ड ओआर १ जे २४९२ नम्बरको भारतिय बोलेरो बेवारिसे अवस्थामा छ भन्ने विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भन्सार छली ल्याएको एयरफोन २७ प्याकेट,डाटा केवल १ हजार ६ सय पिस,उइन चिटर ९३ पिस, गम्छा २० पिस सहित ओआर १ जे २४९२ नम्बरको भारतिय बोलेरो नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको भन्सार छलीको सामानहरु र भारतिय बोलेरो गरी अन्दाजी रु ८ लाख ११ हजार बराबरको रहेको र नियन्त्रणमा लिएको सामान सहित बोलेरो आवश्यक कार्बाहीको लागि जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले जानकारी दिए ।

सम्बन्धित समाचार