सर्लाहीको बागमती नगरपालिका ५ स्थित सोल्टीमा रहेको जनता नमुना माविमा बागमती नगरस्तरीय बाल गीत प्रतियोगिता सम्पन्न भएको छ।बागमती नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा नगर भित्रका सात वटा सामुदायिक विद्यालयहरुका १४ जना छात्र/छात्राहरुको सहभागीता रहेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नगरभित्रका सात वटा सामुदायिक विद्यालयका १४ जना छात्र/छात्राहरुको सहभागीतामा भएको नगरस्तरीय बाल गित प्रतियोगितामा एस्मिन श्रेष्ठ प्रथम,रजिसा मिरिङचिङ द्धितिय र सुदिप कुमार महतो तृतिय भएका छन् ।

प्रतियोगितामा प्रतिस्पर्धीहरु मध्य बागमती नगरपालिका ११ कर्मैया स्थित रहेको श्री ५ महेन्द्र जनता माविका छात्र श्रेष्ठ प्रथम,बागमती नगरपालिका ५ सोल्टी स्थित रहेको जनता नमुना माविकी छात्रा मिरिङचिङ द्धितिय र बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नव जन जागरण माविका छात्र महतो तृतियका भएका आयोजक बागमती नगरपालिका ५ सोल्टी स्थित रहेको जनता नमुना माविका प्रधानाध्याक लोकनाथ दाहालले जानकारी दिए । उत्कृष्ठ तिनै जनालाई कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले एक/एक थान गितार,शिल्ड,मेडल र प्रमाण–पत्र प्रदान गरेकी आयोजकले जनाएको छ ।

बागमती नगरपालिकाको नगर शिक्षा शाखाको वार्षिक क्यालेण्डर अनुसार नगरभित्रका सबै सामुदायिक विद्यालयहरुले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्ने गरेको नगर शिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दए ।उनका अनुसार बागमती नगरपालिकाले वार्षिक क्यालेन्डर नै बनाएर कुन कुन विद्यालयमा के कार्यक्रम ? कहिले गर्ने ? भन्ने तय गरेको हुन्छ र सोही अनुसार कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् ।बागमती नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुर्धान र अभिभावकहरुका साथै विद्यार्थीहरुको आकर्षण बढाउन विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरि रहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार वि.कले बताए ।उनका अनुसार अहिले बागमती नगरपालिकाको शिक्षा शाखा,वृहत राष्ट्रिय शिक्षा सुधार अभियानका अभियान्ता अभिषेक घिमिरे सहितको टिम नगरभिका अभिभावकहरुका घरघरमा पुगेर अन्तर सम्वाद गरि रहेका छन् ।