हरिवन नगरपालिकामा क्षयरोगीको पहिचान गर्ने काम सुरु

3k Shares

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ ।हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका नगर प्रमुख बुढाथोकीको सचिवालयले जनाएको छ ।स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए।उनका अनुसार हरिवन नगरपालिका १ मा दुई सय आठ जनाले चेक जाँच गराएका र १६ जना शंकास्पद रहेका छन् ।
प्रति एक लाख जनसंख्यामा दुई सय ३३ जनालाई क्षयरोगको संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अनुमान गरेको छ।जस अनुसार हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा गरी एक सय २१ जना क्षयरोगीको बिरामी हुनु पर्नेमा हालसम्म एक सय १९ जना पत्ता लागेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वलाई सन् २०५० सम्ममा क्षयरोगमुक्त घोषणा गर्ने समेत लक्ष्य राखेको छ ।मधेश प्रदेश स्वास्थ्य निर्देशनालय,प्रदेश जनस्वास्थ्य प्रयोगशाला र जनस्वास्थ्य कार्यालय सर्लाहीको सहकार्यमा समुदायमा रहेका स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजक हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार