वर्तमान सरकारले गरेका काम देख्न नसकेर विरोधीहरु तर्सिएका छन् : माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड

1.9k Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विभिन्न ढंगबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताए ।प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज(सोमबार)सम्बोधन गर्दै उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको समेत सम्झाएका माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
पछिल्लो समय संघिय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनावश्यक,अप्रमाणित,कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह समेत गरे ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्र,जनता,संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै आफुले नेर्तत्व गरेको सरकारले थालेका जनपक्षीय कामबाट आक्तिएका शत्तिले अनावश्यक भ्रम फैलाएका बताए ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु सम्मेलनका त्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।उनले आफु स्वदेश फर्किए लगतै मुख्यसचिवल लगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली,वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा के कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएको समेत बताएका छन् ।
अस्वाभाविक देखिएको एनसेल खरिद बिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको जानकारी दिँदै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले“शेयर खरिद बिक्रीमा कैफियत छ,छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ,राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखेँ।”सो शेयर खरिद बिक्री सम्बन्धमा सरकारले अनुसन्धान गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए ।
फरक प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्तागठबन्धन पूरै अवधि कायम रहने दाबी गरेका छन् । उनले एक वर्षको समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।साथै उनले विरोधीहरुले विरोध गर्दैमा फरक नपर्ने साथै प्रमाण पेश गर्नुपर्ने समेत माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले बताए ।बैठकमा संविधान सभाका निर्वतमान अध्यक्ष एवम माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा,प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष महेश्वर दाहाल,माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार