महोत्तरीको गौशाला नगरपालिकाका भित्र सञ्चालित नीजि तथा सामुदायिक विद्यालयहरुले विभिन्न बाहनामा विद्यार्थीहरुबाट शुल्क असुल्ने गरेका पाइएको छ ।गौशाला नगरपालिकाका भित्र सञ्चालित नीजि तथा सामुदायिक विद्यालयहरुले एसईई परिक्षाका लागि भन्दै विद्यार्थीहरुबाट चर्काे शुल्क असुल्ने गरेका पाइएको हो ।गौशाला नगरपालिकाका भित्र सञ्चालित नीजि तथा सामुदायिक विद्यालयहरुले फरक फरक रुपमा विद्यार्थीहरुसँग रजिष्ट्रेशन शुल्क वापत भन्दै रकम असुलेको गुनासो आएको हो ।राष्ट्रिय परीक्षा वोर्डले निर्धारण गरेको रकममा बाटो खर्च र कागजात शुल्क वापत भन्दै विद्यार्थीहरुसँग गौशाला नगरपालिकाका भित्र सञ्चालित नीजि तथा सामुदायिक विद्यालयहरुले थप रकम असुलेका पाइएको हो ।
माध्यमिक शिक्षा परिषदले कार्तिक २४ गते प्रकाशित सुचनामा मंसिर मसान्तभित्रमा प्रति विद्यार्थीबाट रु तीन सय दस्तुर तिरि रजिष्ट्रेशन फारम भर्ना विद्यालयहरुलाई परिपत्र गरेको भएपनि गौसलाका नीजि तथा सामुदायिक विद्यालयहरुले फरक फरक रुपमा विभिन्न बाहनामा रकम असुल्दै आएका छन् । गौसला नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले सो वापत प्रति विद्यार्थी रु. एक हजार देखि एक हजार दुई सयका दरले रकम असुल्दै आएका र नीजि विद्यालयहरुले प्रति विद्यार्थी रु. दुई हजार देखी तीन हजारसम्म असुल्दै आएका पाइएको हो ।आफुहरुले थप रकम असुल्दै आएको स्वीकार गौसला नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापकहरुले स्वीकार गरेपनि सरोकारवाला निकाय मौन देखिएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् ।फारमका लागि कागजात मिलाउन,फारम समिटका लागि जलेश्वर जानुपर्ने भएकोले विद्यार्थीहरुसँग सो रकम लिदै आएको उनीहरुले स्वीकार गरेका हुन ।
यता,तपाई कार्यारत रहेको गौसला नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयहरुले विद्यार्थीहरुबाट अतिरित्त शुल्क असुलेका पाइएको तपाईलाई यस विषयमा जानकारी छ की छैन् ?भन्ने हाम्रो प्रश्नमा गौशाला नगरपालिकाको शिक्षा शाखा संयोजक संजय सिंहले सो विषयमा सम्बन्धित प्रधानाध्यापकहरुसँग आफुले चाँडै नै सत्यतथ्य बुझ्ने बताए।उनले बढि रकम असुलेको पाईएमा ती विद्यालयहरुका विद्यार्थीहरुलाई रकम फिर्ता गराउनका लागि आफुले विशेष भुमिका निर्वाह गर्ने समेत बताए ।राज्यले माध्यामिक तहसम्म निशुल्क शिक्षा गर्ने घोषणा गरेको भएपनि नीजि तथा सामुदायिक विद्यालयहरुले विभिन्न वाहनामा विद्यार्थीहरुबाट शुल्क असुल्ने काम गरिरहेका छन् ।