नेकपा(माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको तेस्रो पूर्ण बैठक पेरिसडाँडामा सम्पन्न भएको छ ।प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा(जुगल)को अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख आतिथ्यतामा प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको तेस्रो पूर्ण बैठक पेरिसडाँडामा सम्पन्न भएको हो ।
पेरिसडाँडामा सम्पन्न भएको बैठकले विधान संशोधनको लागि माघ १५ गते मधेश प्रदेशमा विधान सम्मेलन गर्ने, केन्द्रीय समिति र पदाधिकारी धेरै भएकोे भन्ने गुनासो आएकोले दुई अंक नबढ्ने गरि केन्द्रीय समिति बनाउने लगायतका निर्णयहरु गरेको प्रेस सेन्टर नेपालका सचिव राजु वि.कले जानकारी दिए । उनका अनुसार हाल प्रेस सेन्टर नेपालको केन्द्रीय समिति १ सय ९९ जनाको र पदाधिकारी ६० जनाको रहेको छ ।
यसैबीच प्रेस सेन्टरले माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको विरुद्ध अनर्गल प्रचारवाजी भईहेकाहरुको त्यसका विरुद्ध सत्य,तथ्य समाचार सम्प्रेषण गरेर प्रतिवाद गर्ने समेत निर्णय गरेको छ साथै बैठकले १३ बुँदे पेरिसडाँडा घोषणापत्र समेत जारी गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीहरुको तेस्रो पूर्ण बैठकले पेरिसडाँडा घोषणा–पत्र २०८० जारी समेत गरेको छ ।प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा मिति २०८० मंसिर २५ गते सम्पन्न पदाधिकारीहरुको तेस्रो पूर्ण बैठकले “परिवर्तनका लागि कलम चलाएकै भरमा पक्राउ परी हिरासत भित्र विभत्स हत्या गरिएका महान् सहिद कृष्णसेन“इच्छुक”लगायत सबै महान सहिदहरुप्रति श्रद्धापूर्वक स्मरण गर्दै उनीहरुले चलाएको परिवर्तनको अभियानलाई निरन्तरता दिने दृढ संकल्प गरेको छ,बेपत्ता पारिएका दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने),मिलन नेपाली,चित्रनारायण श्रेष्ठ,राजेन्द्र ढकाललगायत तत्कालीन राज्यसत्ताद्वारा बेपत्ता पारिएका सबै सञ्चारकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उनीहरूको यथार्थ अवस्था सार्वजनिक गर्न जोडदार माग गर्ने,राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता, भौगोलिक अखण्डता,समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाका निम्ति प्रतिगामी तत्वहरू विरुद्ध एकताबद्ध भएर सञ्चार क्षेत्रबाट सक्रियतापूर्वक हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने दृढ संकल्प, माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पचण्डको नेतृत्वमा सरकारले लिएको भष्टाचार विरोधी र सुसाशनको पक्षमा चालेको कदमपति पूर्ण समर्थन गर्दै अभियानलाई निश्कर्षमा पु¥याउन माग गर्ने साथै परिवर्तनको विरुद्धमा चालिएका कदम,अभियान र गतिविधिहरुको भण्डाफोर गर्दैै परिवर्तन पक्षधर सबै पक्षहरुलाई एकतावद्ध हुन अपिल गर्ने,शान्ति पक्रियाको बाँकी काम सम्पन्न गरी नेपालमा समतामुलक न्याय सहितको दिगो शान्ति स्थापनाका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोगको विधेयकलाई तत्काल पारित गरी कार्यान्वयन गर्न माग,नेपाल सरकारले दिँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानीका सम्बन्धमा विज्ञापन बोर्डले समयमै भुक्तानी नदिने,आफैंले पेज तोक्ने,अनावश्यक झन्झट दिने,बजेट समेत कटौती र रोक्का गर्ने बद्नियतपूर्ण कार्य गरेकाले सो कार्यको घोर भत्र्सना गर्ने साथै सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको समानुपातिक विज्ञापन प्रणालीलाई पूर्णरूपमा कार्यान्वयन गर्न विज्ञापन बोर्डसँग जोडदार माग गर्ने,छापा,टेलिभिजन,रेडियोसँगै अनलाइन सञ्चार माध्यमसमेत लोककल्याणकारी विज्ञापन प्रणालीमा समावेश गर्न नेपाल सरकारले पटक पटक बजेटमा सम्बोधन गरेपनि कार्यान्वयन नभएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको र सरकारले बजेटमा सम्बोधन गरेको कुरा तत्काल कार्यान्वयनमा लैजान माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै सञ्चार माध्यमहरू सरकार मातहतका कुनै एक निकायमा दर्ता भइसकेपछि त्यसलाई अन्यत्र समेत (सूचना तथा प्रसारण विभाग,प्रेस काउन्सिल नेपाल,विज्ञापन बोर्ड,सञ्चार रजिष्ट्रारको कार्यालयलगायत) मा दर्ता÷नविकरण गरिरहनुपर्ने झण्झटिलो व्यवस्था तत्काल खारेज गरी कुनै एक ठाउँको दर्तालाई नै आधार मानी काम कार्वाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने,संघिय सरकारको नीति तथा कार्यक्रममा समेटिएको स्वरोजगारमूलक मिडिया प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरण प्रणाली प्रदेश र स्थानीय तह समेतले लागु गर्न माग गर्ने,राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने भनी बाध्यकारी बनाइएका सूचना तथा विज्ञापनहरू दर्ता÷सञ्चालन रहेका जुनसुकै सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गर्न पाइने नीतिगत तथा कानुनी व्यवस्था गर्न जोडदार माग गर्ने,सञ्चारकर्मीले खरिद गर्ने सञ्चार सामग्री अनुदान र पत्रकार सञ्चार गृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटका लागि नीतिगत पहल गर्न माग गर्ने,श्रमजीवी पत्रकार ऐन,२०५२ पूर्ण रूपमा कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले भर्खरै सिफारिस गरेको श्रमजीवी पत्रकार,कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न सरोकारवाला सबैसँग जोडदार माग गर्ने,महिला,दलित,जनजाती तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियाहरुलाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकार समक्ष ध्यानाकर्षण गराउँने साथै सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गर्ने,देशभरका श्रमजीवी पत्रकारलाई दुर्घटना बिमा र स्वास्थ्य बिमा अनिवार्य लागु गर्न माग गर्ने साथै देशभरका अस्पतालमा पत्रकार र तीनका परिवारको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्ने र विभिन्न सञ्चारमाध्यममा देखिएको श्रम समस्यालाई समाधान गर्न,लामो समयदेखि काम गर्दै आएका श्रमजिवी पत्रकारलाई जर्वजस्त रुपमा कामबाट हटाएको हुँदा उनीहरुलाई स सम्मान पदबहाली गर्न र आगामी दिनमा यस्ता समस्या आउन नदिन सम्वन्धित सञ्चार माध्यममका सञ्चालकहरुसंग माग गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका उपा अध्यक्ष निर्मल ज्ञावालीले जानकारी दए ।
उनका अनुसार बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रेस सेन्टर नेपाल केन्द्रीय समिति,हल उपलब्ध गराइदिने माओवादी केन्द्र केन्द्रीय कार्यालय परिवार,प्रमुख आतिथ्यता ग्रहण गर्दै महत्वपूर्ण भनाई सहित मार्गनिर्देशन गर्ने माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”संविधान सभाका निवर्तमान सभामुख,माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रचार विभाग प्रमुख अग्नि प्रसाद सापकोटालगायत उपस्थित सबैलाई विशेष धन्यवाद समेत ज्ञापन गरेको छ ।