बागमती १२ का जिम्बालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

1.5k Shares

सर्लाहीको बागमती नगरपालिका १२ बाट कात्तिक ३ गते लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको अनिल जिम्बालाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागी कारागार पठाउन आदेश दिएको छ ।बागमती नगरपालिका १२ का २९ वर्षिय जिम्बाले आफ्नै घरमा लागू औषध राखी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले उनलाई कात्तिक ३ गते हरिवन नगरपालिका ११ बाट पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय हरिवनको टोलीले जिम्बाको घर खानतलासी गर्दा उनी सुत्ने कोठाबाट चामलको बोरामा लुकाई छिपाई राखेको कोडिवेल नामक लागू औषध ३२ बोतल फेला पारेको थियो तर उनी घरमा नरहेकाले उनलाई खोजतलास गर्ने क्रममा हरिवन नगरपालिका ११ बाट पक्राउ गरेको थियो ।अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा पेश भएका जिम्बालाई जिल्ला अदालत सर्लाहीले शुक्रबार पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिम्बाले विगत लामो समयदेखि लागु औषध कारोवार गर्ने गरेका साथै  काठ तस्करीमा समेत संग्लग्न भएका पाइएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार