लालबन्दी १७ की स्तन क्यान्सर पाख्रिनको उपचारका लागि नेपाल तामाङ घेदुङ सर्लाहीले सहयोग गर्ने

3.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजकी स्तन क्यान्सर पीडित सीता पाख्रिनको उपचारका लागि नेपाल तामाङ घेदुङ सर्लाहीले पहल सुरु गरेको छ ।आर्थिक रुपमा विपन्न परिवारकी पाख्रिनको उपचारका लागि (आज)सोमबार बिरामीको घरमै पुगेर उपचारमा लाग्ने बाँकी खर्च विभिन्न सहयोगीहरुबाट संकलन गर्दै उपचार खर्च जुटाउने नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामाले जानकारी दिए । 


आर्थिक अभावकै कारण पाख्रिनको उपचार गर्न नसक्ने अवस्था रहेका कारण आफुहरुले विभिन्न सहयोगी दाताहरुसंगबाट रकम संकलन गरेर सहयोग गर्ने अध्यक्ष लामाले बताए ।एक महिना अगाडिदेखि चितवनको बिपि कोइराला मेमोरियल अस्पतालमा स्तन क्यान्सर पाख्रिनको उपचार भईरहेको भएपनि थप उपचार गर्ने पैसा नभएका कारण समस्या भएको पीडित परिवारले जानकारी गराएपछि नेपाल तामाङ घेदुङ सर्लाही जागेको हो ।उनको थप उपचारको लागि गाउँघरमा चन्दा संकलन गर्दै हिडिरहेको अवस्थामा नेपाल तामाङ घेदुङ सर्लाहीले सीता पाख्रिन बचाउ अभियान मार्फत सहयोग जुटाउने तयारी थालेको हो ।
                   नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष लामाको नेतृत्वमा नेपाली कांग्रेस लालबन्दी नगरपालिका १७ का वडा सभापति साथै नेपाल तरुण दलका केन्द्रीय सदस्य विभु सिंह थापा लगायतका कांग्रेसका नेताहरु बिरामीलाई भेट्न घरमै पुगेका थिए ।त्यस्तै ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले पाख्रिनको उपचारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष लामाले बताए ।स्तन क्यान्सर भएपछि पाख्रिनको आठ वटा किमो फेर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । पाख्रिनको परिवारका अनुसार  हाल २ वटा मात्रै किमो फेरिएको र अब बाँकी ६ वटा किमो फेर्न अस्पतालमा उपचारको क्रममा लाग्ने खर्च सबै नेपाल तामाङ घेदुङ सर्लाहीले जुटाइ दिने भएको हो ।

सम्बन्धित समाचार