बक्यौता भुक्तानी र उखुको मुल्य निर्धारणको माग राख्दै किसानहरुको आन्दोलन जारी,आज मसाल जुलुस र भोली हाइ वेमा चक्का जाम

2.1k Shares

चालु सिजनका लागि उखुको मुल्य निर्धारण र गतवर्ष बिक्रि गरेको उखुको अनुदान वापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका किसानहरु निरन्तर आन्दोलीत छन् । गतवर्ष उखु बिक्रि गरे वापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्य हाल सम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रति क्विन्टल रु ४९ अनुदान वापतको रकम अथासिघ्र  भुक्तानी गर्नु पर्ने साथै चालु सिजनको लागिउखुको मुल्य प्रति क्विन्टल रु सात सय ५० कायम गराउनु पर्ने माग राख्दै शनिबारबाट सुरु भएको उखु उत्पादक किसानहरुको आन्दोलन निरन्तर चालि रहेको छ । 

उखुका हरिया लाथ्रा प्रदर्शन,अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको  ब्यानरको प्रतिमा माथि आगजनी,पूर्व–पश्चिम लोकमार्गमा सुतेर तथा आमरण अनसन बसेर जिल्लाका उखु उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम जारी राहेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेती जानकारी दिए ।

उनका अनुसार चालु सिजनका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान वापतको प्रति क्विन्टल रु ७० मध्य हाल सम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रति क्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम अथासिघ्र भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै जिल्लाका उखु उत्पादक किसानहरु आन्दोलीत भएका हुन ।

चालु सिजनको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान वापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको अवस्थामा जिल्लाका उखु उत्पादक किसानहरूले चिनी उद्योग सञ्चालन नगर्न समेत आग्रह गरेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्वीन्टल रु सात सय ५० हुनुपर्ने,गत वर्ष उखु बिक्रि गरेको अनुदान वापतको बाँकी रकम ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नु पर्ने र कृषि मन्त्रालय,अर्थ मन्त्रालय,उद्योग मन्त्रालय,उद्योगपति र उखु उत्पादक किसानहरुबीच सार्थक वार्ता गर्नुपर्ने माग राखेर जिल्लाका उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका हुन ।
उखु उत्पादक किसानहरु नराखी कृषि,अर्थ,उद्योग मन्त्रालयले उद्योगीहरुको हितमा किसान मारा मुल्य निर्धारण गर्दा जिल्लाका उखु उत्पादक किसानहरु मारमा पर्नुका साथै उखुमा गरेको लगानी पनि नउठ्ने अवस्था आएपछि बाध्य भएर आन्दोलीत हुनुका साथै आमरण अनसनमा बस्नु परेका इन्दु शंकर चिनी उद्योग हरिवनको गेटमा आमरण अन्सन बस्नु भएका किसान अगुवा शेष इस्तिहारले बताए ।उखु उत्पादक किसानहरुको माग सम्बोधन नहुँदा सम्म आन्दोलन जारी रहने साथै आफ्नो आमरण अनसन पनि जारी रहने किसान अगुवा इस्तिहारले बताए ।
आन्दोलीत उखु उत्पादक किसानहरुले सडकमा उखु बोकेर निस्केका सवारी साधनलाई समेत रोकेका किसान अगुवा ताराराज पन्त(अर्जुन)ले बताए । उनका अनुसार आमरण अनसनमा बस्नु भएका किसान अगुवा इस्तिहारले चालु सिजनका लागि उखुको मुल्य प्रति क्विन्टल रु सात सय ५० कायम हुनुपर्ने,मुल्य अभिवृद्धि कर वापतको रकम बक्यौता रकम तुरुन्त भुक्तानी हुनुपर्ने,उखुको अनुदान वापतको रकम सोही आर्थिक वर्ष भित्रै भुक्तानी भई सक्नु पर्ने,उन्नत जातको उखुको बिउको व्यावस्था गरिनुपर्ने,कृषियोग्य जमिनमा सिचाईको व्यावस्था हुनु पर्ने र किसानलाई चाहिने मलखाद्यको व्यावस्था गरिनु पर्ने माग राखेका छन् ।
उखु उत्पादक किसानहरुले आन्दोलन गरेपछि देश कै सबै भन्दा ठुलो र किसानहरुको सबै रकम भुक्तानी गरि सकेको इन्दु शंकर चिनी उद्योग हरिवन मारमा परेको छ ।जिल्लाका उखु उत्पादक किसानहरुको आन्दोलनका कार्यक्रम अन्र्तगत आज(मंगलबार)  मशाल जुलुस तथा भोली(बुधबार) पुर्व पश्चीम लोकमार्गमा चक्काजाम गर्ने कार्यक्रम रहेको आन्दोलीत किसान अगुवाहरुले बताएका छन् ।

 

सम्बन्धित समाचार