नेकपा(माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल सर्लाहीले सार्वजनिक विषयहरुमा सर्लाहीका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल सर्लाहीले सार्वजनिक सवालहरु समेटेर तयार पारेको १६ बुँदे ज्ञापन पत्र सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई बुझाइएको प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)ले जानकारी दिए।
उनका अनुसार माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल नागरिकको पक्षमा सदैव कलम चलाई नागरिकहरुको पीडा र समस्या कलमरुपी मल्हम लगाउन काम गरि रहेको अवस्थामा जिल्लाका सार्वजनिक विषयहरु समेटेर प्रमुख जिल्ला अधिकारी धमलाको ध्यानाकर्षण गराएको हो ।
प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले हस्ताक्षर गरेर बुझाइएको ज्ञापन पत्रमा जिल्लाका सबै पेट्रोल पम्पहरु २४ सै घण्टा खुल्नु पर्ने,स्थानीय तहहरु र सरकारी कार्यालयहरुका सरकारी सवारीसाधनहरुको दुरुपयोग उत्याधिक भएकाले त्यसलाई रोक्नु पर्ने,सरकारी कार्यालयहरुमा कर्माचारीहरुका कारण नागरिकहरुले अनावश्यक सास्ती खेप्नु परि रहेको गुनासो आएको हुँदा त्यसलाई समाधान गर्नुपर्ने,जिल्लाका होटल तथा लजहरु राती ९ बजेपछि पुर्ण रुपमा बन्ध हुनुपर्ने,जिल्लाका नीजि स्वास्थ्य संस्थाहरु मापदण्ड विपरित सञ्चालनमा रहेका कारण अनुगमन गरि नियमन गर्नुपर्ने,यात्रु बाहक सवारी साधनहरु र एम्बुलेन्सहरुको भाडामा देखिएको मनोमानि नियमन गरी भाडा निर्धारण गर्नुपर्ने,जिल्लाका बजारहरुको अनुगमन गरी कालोबजारी तथा राजश्य छली नियन्त्रण गर्नुपर्ने र भारतिय सवारीसाधनहरुको अनाधिकृत नेपाल प्रवेशले नेपालमा अपराधिक गतिविधिहरु र दुर्घटना बढि रहेका कारण नियमन र नियन्त्रण गर्नुपर्ने लगायतका सार्वजनिक सवालहरु रहेका छन् ।
त्यसैगरी जिल्लाका नदीहरुमा भईरहेको अवैध नदी दोहन नियन्त्रण गर्नुपर्ने,नदीजन्य पदार्थहरुको निकासी पैठारीलाई कानुनी दायरामा ल्याउनु पर्ने,जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको स्थलगत अनुुगमन गरि मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई कार्बाही गर्नु पर्ने,जिल्लामा सञ्चालनमा रहेका सरकारी तथा नीजि बैँकहरुको एटीएम २४ सैँ घण्टा खुल्ला हुनु पर्ने,जिल्लामा सञ्चालित सवारी चालक ट्रायल सेन्टरहरुको मापदण्ड अनुगमन गरी नियमन गर्नुपर्ने,डिजे,साउण्ड सिस्टमहरुको ज्यादती रोक्नु पर्ने,जिल्लामा अव्यवस्थित रुपमा सञ्चालित मासु पसलहरु र मिठाई पसलहरुका साथै खाद्यान्न पसलहरुको अनुगमन गरि नियमन गर्नुपर्ने,जिल्लामा रहेको पशु क्वारेन्टाइन कामकाज विहिन छ त्यसलाई कामकाजी बनाउनु पर्ने र क्वारेन्टाइन चेकजाँच नगराई नेपाल प्रवेश गर्ने भारतिय तरकारी र दुध रोक्नु पर्ने लगायतका बुँदा समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी धमलालाई बुझाइएको हो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका उप सभापति एवम माओवादी केन्द्रका नेता जितेन्द्र कुमार महतो,माओवपादी केन्द्र चन्द्रनगर गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र मुखिया लगायत माओवादी केन्द्रका नेता तथा कार्यर्ताहरुको समेत उपस्थिति रहेको थियो । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी धमला आएदेखि सार्वजनिक सवालमा काम गरि रहेका र काम गर्न सक्ने क्षमता भएका प्रमुख जिल्ला अधिकारी धमला सर्लाही आएका कारण सार्वजनिक तर काम गर्नेपर्ने विषयहरु समेटेर लिखित जानकारी गराएको ज्ञापन पत्र बुझाएपछि प्रेस सेन्टर सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले बताए ।
मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी धमलालाई मिटर ब्याज पीडितहरुको विषयहरु,लालबन्दी नगरपालिका १७ मा अस्थायी प्रहरी चौकी राख्ने लगायतका विषयहरुमा पनि प्रमुख जिल्ला अधिकारी धमलाको ध्यानार्षण गराइएको प्रेस सेन्टर सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले बताए ।उनका अनुसार ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धमलाले सार्वजनिक सवालमा आफू संम्वेदनसिल रहेकाे बताए ।