माओवादी केन्द्र हरिवनका नेता इस्तिहारले ४ दिनपछि तोडे आमरण अनसन,मुख्य मन्त्री यादवले पिलाए जुस

2.6k Shares

 सर्लाहीको हरिवनमा गत सोमबार देखि आमरण अनसनमा बसेका हरिवन नगरपालिका ११ का नेकपा(माओवादी केन्द्र)का नेता शेष इस्तिहारले अनसन स्थगित गरेका छन् । जिल्लाका उखु उत्पादक किसानहरुले चालु सिजनका लागि उखुको मुल्य रु सात सय ५० तोक्न र गत वर्ष बिक्रि गरेको उखुको अनुदान वापतको रकम रु ५२ करोड यथासिघ्र भुक्तानीको माग गर्दे गत शनिबारबाट आन्दोलन सुरु गरेपनि माओवादी केन्द्रका नेता इस्तिहार आमरण अनसनमा बसेका थिए ।

उनलाई मधेश प्रदेश सरकारका मुख्य मन्त्री सरोजकुमार यादवले जुस पिलाएर आमरण अनसन स्थगित गराएका हुन्।उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने,गत वर्ष उखु बिक्रि गरेका जिल्लाका उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको रकम रु ५२ करोड तत्काल भुक्तानी गर्नुपर्ने,उखुको प्रवद्र्धन शब्द हटाइ नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने,उन्नत जातको उखुको बीउ प्रदान गर्नुपर्ने,कृषि योग्य जमिनमा सिंचाईको प्रवन्ध मिलाउनुपर्ने र किसानलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्ने सहित छ बुँदे माग राखी माओवादी केन्द्रका नेता इस्तीहार सोमबार बिहानबाट इन्दु शंकर चिनी उद्योग हरिवनको मुल्य गेटमा आमरण अनसनमा बसेका थिए ।


मुख्यमन्त्री यादवले आज(बिहीबार)अनसनस्थलमा आएर माओवादी केन्द्रका नेता इस्तीहारले उठाएका माग सम्वोधन गर्न प्रदेश सरकारले सकेको पहल गर्ने र संघिय सरकारसँग पनि आग्रह गर्ने प्रतिवद्धता जनाएपछि माओवादी केन्द्रका नेता इस्तीहारले आमरण अनशन तत्कालका लागि स्थगित गरेका माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।

मुख्यमन्त्री आएर अनसन तोडाएसँगै माओवादी केन्द्रका नेता इस्तीहारलाई उपचारका लागि स्वाभिमान अस्पताल प्रा.लि हरिवनमा भर्ना गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रका नेता इस्तिहार चार दिनसम्म आमरण अनसन बस्दा उनको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।माओवादी केन्द्रका नेता इस्तीहार गत स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिका ११ को वडाध्यक्ष पदका उम्मेदवार समेत हुन ।हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजा केही वर्ष पहलिा यसैगरी उखु उत्पादक किसानहरुका माग सम्बोधन गर्न माग गर्दै आमरण अनशनमा बसेका थिए ।

सम्बन्धित समाचार