नेकपा(माओवादी केन्द्र)ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले विधान मस्यौदा समिति समेत गठन गरेको छ ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिमा महासचिव गुरुङ,उपमहासचिवहरु गिरिराजमणि पोखरेल,वर्षमान पुन(अनन्त)र जनार्दन शर्मा (प्रभाकर) तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् ।बैठकले माओवादी केन्द्र विशेष रूपान्तरण तीन महिनो अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको महासचिव गुरुङले जानकारी दिए ।