सर्लाहीका तीन मध्य दुई चिनी मिल सञ्चालन,किसानको भुक्तानी नगर्ने अन्नपुर्ण अन्यौलमा

3.1k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले शुक्रबारबाट चालु सिजनको उखु क्रसिङ सुरु गरेको छ । मंसिर २६ गतेबाटै चालु सिजनको उखु क्रसिङको तयारी थालेको उद्योगले जिल्लाका उखु उत्पादक किसानहरुको आग्रहलाई स्वीकार गर्दै क्रसिङ रोकेको थियो । जिल्लाका उखु उत्पादक किसानहरुले राज्यले चालु सिजनका लागि उखुको मुल्य निर्धारण नगरेको र गत वर्ष उखु बिक्रि गरेका उखु उत्पादक किसानहरुको राज्यले दिनुपर्ने अनुदान वापतको रकम रु ५२ करोड हाल सम्म पनि भुक्तानी नगरेको भन्दै करिब एक साता आन्दोलन गरेपछि मंसिर २६ गतेबाट चालु सिजनको उखु क्रसिङ सुरु गर्ने तयारी गरेको उद्योगले किसानहरुको आग्रहलाई स्वीकार गर्दै क्रसिङ रोकेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए।उनका अनुसार मंसिर २६ गतेबाटै चालु सिजनको उखु क्रसिङको तयारी थालेको उद्योगले जिल्लाका उखु उत्पादक किसानहरुको आग्रहलाई स्वीकार गर्दै क्रसिङ रोकेको थियो ।
इन्दु शंकर चिनी उद्योग हरिवनलाई गत वर्ष उखु बिक्रि गरेका किसानहरुको उद्योगले दिनुपर्ने भुक्तानी बाँकी नरहेको भएपनि उखु उत्पादक किसानहरुले आग्रह गरेपछि मंसिर २६ गतेबाट चालु सिजनको उखु क्रसिङ गर्ने तयारी गरिएको भएपनि रोकियो अहिले उखु उत्पादक किसानहरुले जिल्ला केन्द्रीत आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर संघिय राजधानी केन्द्रीत आन्दोलन गर्ने बताएपछि उखु उत्पादक किसानहरु कै सहमतीमा शुक्रबारबाट चालु सिजनको क्रसिङ सुरु गरिएको उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए ।
उनका अनुसार उद्योगले चालु सिजनमा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।गतवर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगले चालु सजिनका लागि उखु उत्पादन बढेकाले करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रवन्धक रजकले बताए ।चिनी मिल संचालन भएसँगै उखु उत्पादक किसानहरुलाई उखु ल्याउनका लागि धमाधम चलान बाँड्ने काम भइरहेको उद्योगका प्रशासकीय प्रमुख नेपालले बताए।उनका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिलमध्ये इन्दुशंकरले किसानहरुलाई समयमै भुक्तानी दिँदै आएको छ ।
भुक्तानीमा आलटाल गर्ने महालक्ष्मी चिनी उद्योग बगदहले पनि धमाधम उखु क्रसिङ गरिहेको छ भने अन्नपूर्ण चिनी मिल धनकौल संचालन हुन बाँकी रहेको छ ।सरकारले यो वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ निर्धारण गरेको छ ।जिल्लाका उखु उत्पादक किसानहरुले गत शनिबारदेखि बुधबार सम्म सडक तताएका थिए भने उखु उत्पादक किसानहरुका अगुवाहरुले आन्दोलन चर्काएपछि चिनी मिल चल्न ढिला हुँदा किसानहरुको खेतमै उखु सुक्न थालिसकेको थियो ।

सम्बन्धित समाचार