रानिगन्ज कृषि बजार व्यवस्थापन समिति खड्काको अध्यक्षतामा १३ सदस्यीत सर्वसहमत गठन,

2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित रानिगन्ज कृषि बजार व्यवस्थापन समिति सर्वसहमत गठन गरिएको छ ।लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जमा आईतबार बसेको स्थानीयबासीको बैठकले १३ सदस्यीय रानिगन्ज कृषि बजार व्यवस्थापन समिति सर्वसहमत गठन गरेको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १७ स्थित रहेको देवता महाकाली गुठीको करिब चार बिघा जमिनमा कृषि उपज बजार व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिका २०५३ को संशोधन सहित २०५५ को धारा ४ मा भएको व्यवस्था बमोजिम लालबन्दी नगरपालिका १७ स्थित रहेको रानिगन्ज कृषि बजारको व्यवस्थापन समिति सर्वसहमत गठन गरिएको हो ।
आईतबार लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको स्थानीयबासीको बैठकले राम बहादुर खडकाको अध्यक्षतामा १३ सदस्यीय समिति सर्व सहमत गठन गरिएको हो।समितिको उपाअध्यक्षमा दिपेन्द्र थापा,सचिवमा घनश्याम देवकोटा र कोषाअध्यक्षमा व्यास कुमार हेञ्जन सहित १३ सदस्यीय समिति सर्व सहमत गठन गरिएको हो ।
मंसिर ८ गते लालबन्दी नगरपालिका नगरपालिका १७,रानिगन्जमा तरकारी बजार राख्ने विषयमा सरोकारवालाहरुसंग छलफल भएको थियो । पटक पटकको पहल पश्चात केन्द्र,प्रदेश तथा स्थानीय तहबाट गरी रानिगन्जमा तरकारी बजार राख्न रु ७९ लाख ७१ हजार बजेट विनियोजन समेत भएको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष अधिकारीले बताए ।
लालबन्दी बजारमा रहेको कृषि थोक तरकारी बजार साँघुरो रहेको र रानिगन्जसहित उत्तर–पूर्वी भेगका किसानहरुलाई लालबन्दी बजार टाढा पनि भएकाले रानिगन्जमै तरकारी बजार राख्न पहल थालिएको वडाध्यक्ष अधिकारीले बताए ।जस अनुसार आईतबार स्थानीयबासीको बैठकले समिति सर्वसहमत गठन गरेको हो ।

सम्बन्धित समाचार