“जनतासंग माओवादी विशेष रुपान्तरण”अभियानको सर्लाहीमा समिक्षा,नेता कार्यर्ताहरुमै टुटेको मन जोडाउन असफल

2.3k Shares

नेकपा(माओवादी केन्द्र)ले संगठन सुदृढिकरण कार्यक्रम अन्र्तगत सञ्चालन गरेको “जनतासंग माओवादी विशेष रुपान्तरण”अभियानको समिक्षा गरिएकोे छ ।तीन महिना सम्म सञ्चालन गरिएको“जनतासंग माओवादी विशेष रुपान्तरण”अभियानको उपलब्धीहरुका साथै प्रभावकारीता र अभियानको क्रममा भए गरेका कामहरुको समिक्षा गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भदौ १६ गते देशैभर एकैसाथ संगठन सुदृढिकरण अन्र्तगत “जनतासंग माओवादी विशेष रुपान्तरण”अभियानको उद्ध्घाटन गरेपछि देशैभर सो अभियान सञ्चालन भएको थियो । सोही अनुसार सर्लाहीका पनि २० वटै स्थानीय तहहरुका दुई सय वटै वडाहरुमा अभियान सञ्चालन भएको थियो ।
माओवादी केन्द्रले तीन महिना कार्यक्रम सञ्चालन गरेको र माओवादी केन्द्र प्रति जनताको अपेक्षा,संगठनको वस्तुगत अवस्था र सुधारका सवालमा अभियान प्रभावकारी भएको माओवादी केन्द्र सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । माओवादी केन्द्र सर्लाहीका इन्चार्ज खड्काको अध्यक्षतामा भएको“जनतासंग माओवादी विशेष रुपान्तरण”अभियानको समिक्षा कार्यक्रममा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
समिक्षा कार्यक्रममा जिल्लाका माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ताहरुका साथै जनवर्गिय संगठनका प्रतिनिधिहरुको सहभागी रहेको माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य एवम प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले जानकारी दिए ।उनका अनुसार माओवादी केन्द्रसंग जनतालाई जोड्ने र जनताका समस्याहरु समाधानका लागि पहल गर्ने भन्दै अभियान सञ्चालन भएको थियो ।
तर सर्लाहीमा केही सिमति नेता तथा कार्यकर्ता बाहेकलाई कार्यक्रमको बारेमा जानकारी नै नभएको समेत पाइएको छ । पार्टी भित्र गुट उप गुट रहेका कारण केही नेताले आफु निकटकालाई जानकारी गराउने र अरुलाई जानकारी नगराउने गरेका कारण कार्यक्रमको बारेमा सामाजिक सञ्जालहरुबाट जानकारी पाएको भएपनि कार्यक्रमहरु कहाँ कहाँ कहिले कहिले र कसको नेतृत्वमा हुन्छ भन्ने समेत जानकारी नभएको माओवपादी केन्द्रका केही नेताहरुले् बताएका छन् । केही समय पहिला सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको  निर्वाचनमा सर्लाहीबाट समानुपातिक तर्फ धेरै मत खसेको भएपनि  माओवादी केन्द्र सर्लाहीका नेताकार्यकर्ताहरुमा एकमत तथा सौहार्द सम्बन्ध नरहेको पाइएको हो ।जसको फलस्वरुप विभिन्न जनवर्गिय संगठनहरुमा फरक फरक २/२ कमिटि समेत बनेका छन् ।

सम्बन्धित समाचार