आफुलाई पानीमाथी ओभानो बनाउँन खोज्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष महतो,७ बजेको समाचारमा विभिन्न कमेन्ट,साँढे ८ बजे भन्सार काटियो

3.3k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रयोग गर्ने गरेको भारतिय नम्बरको स्कारपियो लालबन्दीबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाएको छ।गाउँपालिका अध्यक्ष महतोले प्रयोग गर्ने गरेको बिआर ३० पि १२१२ नम्बरको भारतिय स्कारपियो मंगलबार दिउँसो करिब ५ बजे नियन्त्रणमा लिएको र साँझ करिब ७ बजे जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।पाँच दिन पहिलै भन्सार सकिएको भारतिय नम्बरको स्कारपियो शंकास्पद अवस्थामा रहेको भन्दै लालबन्दी बजारबाट नियन्त्रणमा लिएको र पछि मंगलबार साँझ करिब साँढे ७ बजे जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको प्रहरीले जनाएको छ भने उक्त भारतिय नम्बरको स्कारपियाले जिल्ला भन्सार कार्यालय सर्लाहीबाट मंगलबार साँझ करिब साँढे ८ बजे भन्सार काटेको सर्लाही भन्सार कार्यालय स्रोतले जनाएको छ ।
मंगलबार दिउँसो करिब ५ बजे नियन्त्रणमा लिएको भारतिय स्कारपियोको विषयमा कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबरडटकम नामक अनलाई पत्रिकाले मंगलबार साँझ करिब ७ बजे समाचार प्रकाशन गरेको थियो तर गाउँपालिका अध्यक्ष महतोले प्रयोग गर्ने गरेको भारतिय नम्बरको स्कारपियोले राती करिब साँढे ८ बजे भन्सार काटेपनि चन्द्रनगर गाउँपालिका अध्यक्षको सचिवालय नामक सामाजिक सञ्जाल फेशबुक पेज मार्फत कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबरडटकम नामक अनलाई पत्रिकाले प्रकाशन गरेको समाचारमा अनावश्यक गालि गलौजका कमेन्टहरु लेखिएको छ ।प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाउनु पहिलै“चन्द्रनगर गाउँपालिका अध्यक्ष महतो भन्सार छलीको भारतिय स्कारपियोमा,स्कारपियो लियो प्रहरीले नियन्त्रणमा”शिर्षकमा समाचार प्रकाशन भएको र सो भारतिय नम्बरको स्कारपियोले मंगलबार राती करिब साँढे ८ बजे भन्सार काटेको प्रमाण कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबरडटकम नामक अनलाई पत्रिकालाई फेला परेको छ ।
यसबाट पनि चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको झुटको खेती प्रमाणित भएको छ । चन्द्रनगर गाउँपालिका अध्यक्षको सचिवालय नामक सामाजिक सञ्जाल फेशबुक पेजमा “केही षड्यन्त्रकारी,फटहा र दलालहरुले चन्द्रनगर गाउँपालिका अध्यक्षलाई बदनाम गराउने दुष्कर्म गरे आज फेरि,भन्सार काटीएको गाडी प्रयोग गरि लालबन्दीमा एउटा बैठक सकेर आज राती चन्द्रनगर गााउँपालिका ६ कामदमा त्यहाँका जनताको निमन्त्रणामा छठीयारको भोजमा गाउँपालिका अध्यक्ष महतो र साथीहरु सहभागी भएको आजको ताजा फोटो हो यो तर केही फटहाले अफवाह र भ्रम छर्न एक बिकाउको हातबाट गलत समाचार बनाउन लगाई गाउँपालिका अध्यक्ष महतोलाई बदनाम गराउने गलत काम गरेको छ । यो आधुनिक समयमा पनि जनता र समाजको आँखामा कहिले सम्म झुठ,अफवाह र भ्रम फैलाउने हो षड्यन्त्रकारीहरु ले ?”भन्दै लेखिएको छ । तर स्कारपियोले मंगलबार राती करिब साँढे ८ बजे मात्रै भन्सार काटेको प्रमाण फेला परेको हो भने उनी आफुलाई सच्चा र इमान्दार देखाउन सामाजिक सञ्जालहरुमा विभिन्न किसिका फण्ड अप्नाउन माहिर देखिएका छन् ।
मंगलबार साँझ करिब ७ बजे प्रकाशित समाचारमा के थियो ?
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रयोग गर्ने भारतिय नम्बरको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले प्रयोग गर्ने बिआर ३० पि १२१२ नम्बरको स्कारपियो शंकास्पद अवस्थामा रहेको भन्दै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ५ बजे लालबन्दी बजारबाट भारतिय नम्बरको स्कारपियो त्यसका चालक र गाउँपालिका अध्यक्ष महतोका स्वकीय सचिवलाई नियन्त्रणमा लिएको मंगलबार साँझ करिब ७ बजे भन्सार कार्यालय सर्लाही पाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
लालबन्दीबाट शंकास्पद अवस्थामा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले प्रयोग गर्ने बिआर ३० पि १२१२ नम्बरको स्कारपियो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।उनले गाउँपालिकाको ना १ झ १६५७ नम्बरको सरकारी स्कारपियो सार्वजनिक विदाको दिनमा पनि प्रयोग गर्ने गरेका थिए ।सरकारी स्कारपियो सार्वजनिक विदाको दिन प्रयोग गरेका भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि उनले भारतिय नम्बरको स्कारपियो प्रयोग गर्न थालेका थिए।गाउँपालिका अध्यक्ष महतोले प्रयोग गरेको भारतिय नम्बरको स्कारपियोको करिब पाँच दिन पहिलै भन्सार समेत सकिएको पाइएको छ भने शंकास्पद अवस्थामा सो स्कारपियो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यता,पहिला आफैँ भन्सार काट्न गएमा प्रति दिन रु छ सयका दरले हुने तर भन्सार फेल भएर एक सातापछि आएमा प्रतिदिन रु दुई हजार पाँच सयका दरले भन्सार काट्ने कानुनी प्रक्रिया रहेको छ तर प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीको प्रतिवेदनमा भरपर्ने बताइएको छ।

सम्बन्धित समाचार