अनलाईन विल बनाएर ल्याउँदा पनि प्रहरीले अनावश्यक दुःख दिएको सर्लाहीका व्यापारीको गुनासो

2.6k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ७ स्थित मोहनगन्जबाट प्रहरीले भन्सार छलीको फुल सहित एउटा पिकअप भेन र फुल साहुलाई नियन्त्रणमा लिएको छ ।भारतबाट भन्सार छली नेपाल ल्याँउदै गरेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका ७ स्थित मोहनगन्जबाट बागमती प्रदेश ०१ ०२५ च ५२२६ नम्बरको पिकअप भेन सहित फुल साहु पर्सा गाउँपालिका ६ का अन्दाजी वर्ष २६ का सरोज कुमार भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार पर्सा गाउँपालिका ६ का अन्दाजी वर्ष २६ का भण्डारीले भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा अन्दाजी मुल्य रु एक लाख ६० हजारको चार भाँगा फुल र फुल साहु भण्डारीलाई मंगलबार राती करिब पौने ९ बजे ब्रम्हपुरी गाउँपालिका ७ स्थित मोहनगन्जबाट प्रहरी चौकी पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०१ ०२५ च ५२२६ नम्बरको पिकअप भेनमा ल्याइएको चार भाँगा फुलको अनलाईन विल रहेको भएपनि प्रहरीले भन्सार छलीको भन्दै नियन्त्रणमा लिएको फुल साहु भण्डारी परिवारले जनाएका छन् ।फुल साहु भण्डारी परिवारका अनुसार सरोज भण्डारी फुल नर्सरीको नाममा अनलाईन विल समेत बनाएर ल्याइएको फुल प्रहरीले भन्सार छलीको भन्दै नियन्त्रणमा लिएको हो ।सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक थारुलाई सोध्दा उनले आफुलाई सो सम्बन्धमा कुनै जानकारी नभएको बताए ।यता पीडित पक्ष फुल साहु भण्डारी परिवारले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक थारुले अनलाईन विल लुकाएर आफुहरुलाई अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले विल लुकाएर नदिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालसंग पीडित पक्ष फुल साहु भण्डारी परिवार गएर गुनासो गरेपछि प्रहरी उपरिक्षक धितालले अनलाईन विल दिएका भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला भन्सार कार्यालय सर्लाहीलाई पठाएको प्रतिवेदन मुचुल्कामा विल नभएको भनी लेखि पठाएको पीडित भण्डारी परिवारले गुनासो गरेका छन् ।यसबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारु कमिसन असुल्ने दाउमा रहेका पीडित भण्डारी परिवारले आरोप लगाएका छन् ।यता,जिल्ला भन्सार कार्यालय सर्लाहीले प्रहरीले पठाएको प्रतिवेदन मुचुल्कामा विल नरहेको लेखिएकाले सो सम्बन्धमा भन्सार विभागको नियमानुसार हुने बताएको छ ।

सम्बन्धित समाचार