सर्लाहीमा मिटर व्याजी पीडित किसान मजदुर संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति नारावाजी सहित जिल्ला प्रशासन कार्यालय जाने क्रममा प्रहरीसँग विवाद भई जिल्ला प्रहरी कार्यालयकाे गाडिमा ताेडफाेड गरेपछि मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सदस्य फतिमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएपछि मिटर व्याज पीडितहरु आक्राेसित भएका हुन ।
मिटर व्याजी पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीले सरकार विरोधी नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा प्रहरी र संघर्ष समिति बीच विवाद सृजना भई प्रहरीको गाडमाथि ढुँगामुढा गरेपछि समिति सदस्य खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार संघर्ष समिति सदस्य खातुनलाई साेधपुछ गर्न र तनाव सृजना नगर्न आग्रह गर्नका लागि नियन्त्रणमा लिईएकाे हाे ।
खातुनलाई नियन्त्रणमा लिए पछि आक्राेसित मिटर व्याज पीडितहरुले केही समय टायल वालेर प्रदर्शन गरे प्रहरीले भिडलाई नियन्त्रणमा लिन तीन शेल अश्रुग्यास समेत प्रहार गरेकाे जनाएको छ। अहिले मलंगवाकाे अवस्था शान्त भएको र कुनै पनि मानविय क्षति नभएको सर्लाही प्रहरीले जनाएको छ ।