मिटर व्याज पीडितहरुद्वारा राजमार्गमा प्रदर्शन,प्रहरीले नियन्त्रणमा लिएका खातुन र मन्सुरकाे रिहाइको माग

2.2k Shares

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा  मिटर व्याज तथा ठगी  पीडित किसान मजदुर संघर्ष समितिले  प्रदर्शन गरेकाे छ । 
मिटर व्याज तथा ठगि पिडित संघर्ष समिति सदस्य लालबन्दी नगरपालिका १ निवासी फातमा खातुन र चन्द्रनगर गाउँपालिका ६ माेहनपुर निवासी तैयव मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनावश्यक नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिएकाे मिटर व्याज तथा ठगी  पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणी चाैधरीले जानकारी दिईन । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा छलफलकाे क्रममा मिटर व्याज तथा ठगी  पीडित किसान मजदुरमाथि प्रहरीले लाठि चार्ज गर्नुका सथै दुईजनालाई नियन्त्रणमा लिए पछि  संघर्ष समिति आन्दाेलित भएको हाे ।
 जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनु जाँदा प्रशासनबाट दमन भए पछि त्यसकाे विराेध स्वारुप आफुहरुले जिल्ला सदरमुकाम मलंगवामा बिहीबार पनि प्रदर्शन गरेकाे र दुवै जनालाई रिहाइको माग गर्दै शुक्रबार  पुर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेकाे मिटर व्याज तथा ठगी  पीडित  संघर्ष समितिका उपा अध्यक्ष रविन्द्र यादवले बताए ।
यता,मिटर व्याज पीडित र पिडक विच केही समय पहिला जिल्ला प्रशासन कार्यालयमा छलफलकाे क्रममा खातुनले मिटर व्याज पिडकमाथी हातपात गरेपछि छुट्याउन गएका प्रहहरुमाथि पनि हातपात गरेपछि अभद्र व्यावहारमा मुद्दा चलाएर पक्राउ पुर्जि जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएका खातुन र मन्सुरलाई जिल्ला प्रहरी कार्यतलय सर्लाहीको हिरासतमा राखेर अनुसन्धान जारी रहेकाे छ ।
मिटर व्याज तथा ठगी पीडित मजुर किसान संघर्ष समितिकाे प्रदर्शनका कारण लाेकमार्ग करिब आधा घण्टा अवरुद्ध भएको थियाे ।

सम्बन्धित समाचार