नीजि स्वास्थ्य संस्थाहरु बन्द गर्ने लालबन्दी नगरपालिकाको निर्णय २५ दिनमा पनि कार्यन्वयनमा आएन्

2.9k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका साथै सामाजिक विकास समितिले नगर भित्र सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरी मापदण्ड पुरा नगरेका नीजि स्वास्थ्य संस्थाहरुलाई बन्द गर्ने निर्णय गरेको छ।केही दिन पहिला लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका साथै सामाजिक विकास समितिले  नगर भित्र सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्दा मापदण्ड पुरा नगरेका दर्जनौँ नीजि स्वास्थ्य संस्थाहरुलाई बन्द गर्ने निर्णय गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर भित्र सञ्चालनमा रहेका ६९ वटा नीजि अस्पताल,पोलिक्लिनिक,मेडिको क्लिनिक,औषधी पसलहरु,दाँत उपचार क्लिनिक,नाक,कान,आँखा उपचार क्लिनिकहरुका साथै आर्युवेदिक क्लिनिकहरुको अनुगमन गर्दा सबै मापदण्ड पुगेका कुनै पनि नीजि स्वास्थ्य संस्थाहरु नरहेका पाइएको भएपनि सामान्य समस्या रहेका बाहेकका नीजि स्वास्थ्य संस्थाहरुलाई पुर्ण रुपमा बन्द गर्ने सामाजिक विकास समितिले मंसिर १९ गते निर्णय गरेको छ ।
तर निर्णय गरेको २५ दिन भई सक्दा पनि त्यस्ता नीजि स्वास्थ्य संस्थाहरु भने खुलेआम रुपमा चलि रहेका छन्।लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको जया हेल्थ क्लिनिककोे युएसजी बन्द गर्ने,ओमनिका हेल्थ केयर प्रा.लिको औषधी पसल बन्द गर्ने,जयमाता दी हेल्थ केयर प्रा.लिले कुनै पनि कागजात पेश नगरेकाले पुर्ण रुपमा बन्द गर्ने,संजिवनी स्माईल डेण्टल क्लिनिकले कुनै पनि कागजात पेश नगरेकोले बन्द गर्ने,सर्लाही अप्टिकल हवले कुनै पनि कागजात पेश नगरेकोले बन्द गर्ने,सर्लाही लाईफ लाईन प्रा.लिले व्यावसाय दर्ता नगर्नुका साथै हरेक सेवा सञ्चालन वापतको शुल्क बुझाउन भनिएको,संजय कुमार औषधाालयको कुनै पनि कागजात नभएकाले पुर्ण रुपमा बन्द गर्ने,नवलपुर मोडेल अस्पताल प्रा.लिले आवश्यक कागजात पेश नगरेको र जनशक्ति समेत नरहेकाले पुर्ण रुपमा बन्द गर्ने,सत्यालोक आयूर्वेद क्लिनिकलाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,सत्यनाम हेल्थ केयर नवलपुरलाई व्यावसाय गर्दा गर्न पत्राचार गर्ने,रक्षा हेल्थ केयर प्रा.लिले आवश्यक कागजात पेश नगरेकोले पुर्ण रुपमा बन्द गर्ने,टेक्सास हेल्थ केयर पोलिक्लिनिक प्रा.लि आवश्यक मापदण्ड पुरा नगरेकोले बन्द गर्ने,सर्लाही हेल्थ केयर पोलिक्लिनिकको आवश्यक मापदण्ड पुरा नगरेकोले बन्द गर्ने,मनिषा हेल्थ केयर प्रा.लिलाई व्यावसाय नविकरण र दर्ता गर्न पत्राचार गर्ने साथै औषधी पसल पुर्ण रुपमा बन्द गर्ने,वि एण्ड आर हस्पिटल प्रा.लि मापदण्ड पुरा नगरेकोले बन्द गर्ने,दिपक उपचार केन्द्रले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,अनिष मेडिकल हललाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,लक्ष्मी डिजिटल एक्सेले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने सामाजिक विकास समितिको मंसिर १९ गते बसेको बैठकले निर्णय गरेको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दए ।
उनका अनुसार लालबन्दी मोडेल अस्पताललाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,लालबन्दी स्टार हस्पिटल प्रा.लिले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,लहान आँखा उपचार केन्द्र प्रदेशमा आवश्यक कागजात पेश गर्न पत्राचार गर्ने,आरोहि डेण्टल क्लिनिकले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,गाउँ मैत्री अस्पताल प्रा.लिले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,सिद्धार्थ हेल्थ केयर लालबन्दीलाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,ओम स्प्यासिलिस्ट हस्पिटल प्रा.लिलाई स्थलगत अनुगमन गरि प्रतिवेदनका आधारमा गर्ने,लालबन्दी सिटि पोलिक्लिनिक प्रा.लि नगरमा व्यावसाय दर्ता गर्न र प्रदेशमा नविकरणका लागि आवश्यक कागजात पेश गर्न पत्राचार गर्ने,नेपाल हेल्थ क्लिनिकको अनुगमन गरि प्रतिवेदनका आधारमा गर्ने,आकाश डिजिटल एक्से प्रदेशमा अनुमतीको लागि पत्राचार गर्ने,गढीमाई अस्पताल प्रा.लिले पेश गरेको कागजात अनुसार जनशक्ति नरहेकोले बन्द गर्ने,निरौला मेडिकल हल आवश्यक कागजात पेश गर्न पत्राचार गर्ने,मानवि फार्मेसी अनुगमन गरि प्रतिवृदनका आधारमा गर्ने,चौधरी मेडिकल हल आवश्यक कागजात सहित व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,शान्ता फार्मेसी आवश्यक कागजात सहित व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,जनसेवा एक्सेले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,चित्रलेखा आयुर्वेदले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,कृष्ण अप्टिकलले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,ज्ञान गंगा फार्मेसीको अनुगमन गर्ने,रन्जना मेडिकल हलले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,हंश योग आयुर्वेदिकले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,ग्लोबल आँखा एण्ड कान उपचार केन्द्रले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने,ओम शान्ति मेडिकललाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,सूर्याेदय लाईफ केयर प्रा.लिलाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,आसियाना फार्मेसीलाई व्यावसाय दर्ता गर्न पत्राचार गर्ने,रोशन हेल्थ क्लिनिकले आवश्यक कागजात औषधी व्यावस्था विभागमा पेश गर्न पत्राचार गर्ने र श्री सिद्धि आयु आयुर्वेद क्लिनिकले आवश्यक कागजात पेश नगरेकोले बन्द गर्ने निर्णय गरेको नगर स्वास्थ्य शाखाका रोशन चौधरीले जानकारी दिए ।
भानु अन्जली हस्पिटलअनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,जय भवानी हेल्थ केयर प्रा.लिले अनुमती नलिएको र फार्मेसी दर्ता नगरेको,जनता गोल्डेन ब्राईट फ्युचर क्लिनिक प्रा.लिले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,श्याम होमियो चिकित्सालयले व्यावसाय नविकरण नगरेको,मनिष प्याथोलोजी एक्सेले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,नविन प्याथोलोजिले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,सागर प्याथोलोजिले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,ओम बुद्ध क्लिनिकले आवश्यक कागजात पेश नगरेको,सत्यम् आयुर्वेद क्लिनिकले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,रवि डेण्टल क्लिनिकले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,एमटी एभरेष्ट डेण्टल क्लिनिक अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,सर्लाही डेण्टल क्लिनिकले कुनै पनि कागजात पेश नगरेको,बम्जन फार्मेसीले आवश्यक कागजात पेश नगरेको,न्यु स्माईल डेण्टल केयर प्रा.लिले आवश्यक कागजात पेश नगरेको,प्रेम डेण्टल क्लिनिकले क्लिनिक बन्द गरेको निवेदन दिएको,चौधरी क्लिनिक आवश्यक कागजात पशे नगरेको,रिंकु फार्मेसीलाई व्यावसाय नविकरण गर्न पत्राचार गर्ने,मेडिकेयर ट्रमा सेन्टर एण्ड मल्टी स्पेशियालिटि हस्पिटल प्रा.लिले अनुमती नलिएको र व्यावसाय दर्ता नगरेको,यूनिक सर्जिकलले फार्मेसी दर्ता नगरेको,आस्था क्लिनिकले व्यावसाय दर्ता नगरेको र  नगर स्वास्थ्य शाखाका रोशन चौधरीले सञ्चालन गरेको रोशन क्लिनिकले अनुमती नलिएको,फार्मेसी दर्ता नगरेको र व्यावसाय दर्ता नगरेको पाइएको सामाजिक विकास समितिले जनाएको छ ।अनुगमनको क्रममा सामाजिक विकास समितिले अनुगमन गरेका ६९ वटै नीजि स्वास्थ्य संस्थाहरुमा कुनै न कुनै कमि कमजोरी र मापदण्डहरु पुरा नगरेका पाइएको भएपनि समितिले आफैले गरेको निर्णय कार्यन्वयन गर्न मौन देखिएको छ ।नगरपालिकाको अनुगमन समिति र स्वास्थ्य शाखाले गरेको स्थलगत अनुगमन पछि आफ्नो नीजि स्वास्थ्य संस्थाहरुको आवश्यक सम्पुर्ण कागजात पेश गर्न निर्देशन दिएको थियो तर सामाजिक विकास समिति र नगर स्वास्थ्य शाखाको निर्देशनलाई लालबन्दीका नीजि स्वास्थ्य संस्थाहरुले वेवास्था गरेका पाइएको छ ।
लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक कल्पना माया पाख्रिङको अध्यक्षतामा मंसिर १९ गते बसेको सामाजिक विकास समिति र विषयगत समितिले लालबन्दी नगरपालिकाको अनुगमन समिति र नगर स्वास्थ्य शाखाले मागेको आवश्यक कागजातहरु पेश नगरेका,मापदण्ड पुरा नगरेका र जनशक्ति नभएका नीजि स्वास्थ्य संस्थाहरुको प्रतिवेदन बनाई नगर प्रमुख बासुदेव अधिकारी मार्फत पुन सामाजिक विकास समितिको वैठकमा पेश गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । 
विगत लामो समयदेखि सञ्चालनमा रहेका केही नीजि स्वास्थ्य संस्थाहरु र हालसालै सञ्चालनमा आएका नीजि स्वास्थ्य संस्थाहरुल सामान्य पनि मापदण्ड पुरा नगरेर नागरिकको स्वास्थ्य माथि खेलवाड गरि रहेका जानकारहरु बताउँछन्।नगरका नीजि स्वास्थ्य संस्थाहरुको पटक पटक अनुमगन गरिएपनि बन्द नै गर्ने निर्णय नहुँदा उनीहरुले उन्मुक्ती पाउँदै आएका थिए।आवश्यक मापदण्ड र जनशक्ति समेत नराखि नगरपालिकाको मुटुमा नीजि स्वास्थ्य संस्थाहरु सञ्चालन भई रहेको भएपनि लालबन्दी नगरपालिका,नगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास समिति यस अघि वेखबर बनेको थियो भने बन्द गर्ने निर्णय गरेर पनि यस पटक पनि अनुगमन समितिले मापदण्ड नपुगेका,कागजात नभएका र जनशक्ति नभएका नीजि स्वास्थ्य संस्थाहरु माथी कार्बाही गर्नेमा शंका नै सृजना भएको स्थानीय जानकारहरु बताउँछन् ।
यता, यो समाचार तयार पर्दा सम्म लालबन्दी मोडेल अस्पताल प्रा.लिले नगरपालिकामा व्यावसाय दर्ता गरि सकेको छ भने गाउं  मैत्री मल्टीस्पेसियालिटी अस्पताल प्रा.लि नयाँ व्यावस्थापनका साथ सञ्चालनको तयारी भएको र नगरपालिकामा आवश्यक कागजातहरु पेश गरि सकेको छ भने लालबन्दी स्टार हस्पिटल प्रा.लि र टेक्सास पोलिक्लिनिक प्रा.लि आफैँ पुर्ण रुपमा बन्द भएका छन् ।

सम्बन्धित समाचार