रौतहट सर्लाही यातायात प्रा. लि.को पाँचौ तथा जनकपुर यातायात जिप - टेम्पु व्यवसायी संघको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।लालबन्दी नगरपालिका ९ स्थित रहेकाे होटल आर्या ईनमा संघका अध्यक्ष राजेशकुमार मैनाली(राजकुमार)को अध्यक्षता एवम जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
सभामा संघको गएको आर्थिक वर्ष २०७९/०८० को आयव्यव प्रस्तुत गर्दै वार्षिक निर्णय पारित गरिएको संघका सचिव तुलसी राम कर्माचार्यले जानकारी दिए ।उनका अनुसार संघमा म्याजिक,सुमो र विङ्गर गरी एक सय ४१ जना व्यवसायी आवद्ध रहेका छन् ।साधारण सभामा सहभागी अतिथि तथा यातायात व्यवसायीलाई संघका कार्यालय प्रमुख जयबाबु चौधरीले स्वागत गरेका छन् ।