कृषि उत्पादन एवम प्रशोधन कृषि सहकारी संस्था लि,को सातौँ वार्षिक साधारण सभा सम्पन्न

2.5k Shares

सर्लाहीको बागमती नगरपालिका ४ मा रहेको कृषि उत्पादन एवम प्रशोधन कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बागमती नगरपालिका ४, स्थित जनज्योती प्राथमिक विद्यालयको प्रांगणमा सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद प्रसाईले जानकारी दिए ।उनका अनुसार सहकारीको आर्थिक बर्ष २०७९/०८० मा रु ४८ लाख ३४ हजार ४८ रुपैया तिन पैसा बराबरको कुल कारोबारबाट रु पाँच लाख तीन हजार सात सय १८ रुपैँया ५४ पैसा बराबरको मुनाफा सहकारीले आर्जत गरेको छ ।
आर्जन गरेको मुनाफाबाट १० प्रतिशतका दरले शेयर लाभांस वितरण गर्ने निर्णय गरेको सहकारीले आफ्ना सदस्यहरुलाई नियमित बचतमा ७ प्रतिशत,ऐच्छिक बचतमा ६ प्रतिशत र बाल बचतमा १० प्रतिशतका दरले ब्याज समेत दिने गरेको सहकारीका कार्यसमिति सदस्य गोकर्ण रुपाखेतीले जानकारी दिए ।उनका अनुसार सहकारीले कृषि ऋणमा १६ प्रतिशत र भैँसी पालन ऋणमा १२ प्रतिशतका दरले ब्याज लिने गरेको छ ।


सहकारीले उत्कृष्ठ ऋणीहरुमा गंगा रसाईली र राम नरेश हजारी,उत्कृष्ठ बचत कर्ताहरुमा कुशुम कुमारी महतो र शान्ता वि.क,जेष्ठ सदस्यमा नन्दलाल वि.क,दुग्ध कृषकमा जेष्ठ सदस्य नैनानन्द आचार्यलाई सम्मान समेत गरेको छ भने विभिन्न शिर्षकमा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ ।संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता एवम स्थानीय समाजसेवी लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सहकारीको सातौँ वार्षिक साधारण सभामा बागमती नगरपालिका ४ का अध्यक्ष कृष्ण कुमार लामा,राष्ट्रिय सहकारी बैकका प्रतिनिधि प्रविण कुमार सिह लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार